भद्रपुर, ४ असोज । प्रहरी सीमा क्षेत्रमा गरेको कडाइका कारण हिजो ठूलो परिमाणमा अवैधरुपमा ल्याउँदै गरेको विभिन्न सामान पक्राउ गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेको सामान करिब रु १५ लाख एक हजारका कुर्ता सुरुवाल एक हजार ३०८ पिस, लेगिज ५७२ पिस, सल ४२ पिस, डिगन कपडा दुई हजार ९८४ पिस, सुटिङ सटको कपडा ३०१ पिस, साडी १० पिस, लेङ्गा ३९ पिस, रेमिमेड सल ७४ पिस, नेट कपडा १० मिटर र सटिङ कपडा रोल ५१२ मिटर रहेको प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिनुभयो ।
प्रतिक्रिया