शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:२८
वासिङटन डिसी 03:43

नयाँ संविधानको स्वागत गर्दै देशभर हर्षोल्लासका साथ दीपावली

इनेप्लिज २०७२ असोज ४ गते ४:१७ मा प्रकाशित

Rss_Images_1442764689418_PP-Gorakha-Dipawali-1भक्तपुर, ४ असोज । नयाँ संविधान जारी भएपछि देशभर हर्षोल्लासका साथ नाचगान र दीपावली गरेर खुसी मनाइँदै राती अबेरसम्म संविधानको स्वागत गरिएको छ ।

संविधानसभा भवन बानेश्वरमा राष्ट्रपतिले नयाँ संविधान जारी गरेको खुसियालीमा संविधानलाई स्वागत गर्दै भक्तपुरका नगर र गाउँगाउँमा दीपावली गरिएको थियो । राजनीतिक दलका कार्यकर्ता,विभिन्न सङघसंस्था,सर्वसाधारण सडकमै नाचगान गरी खुशी साँटासाँट गरिरहेका देखिन्थे ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले भक्तपुरको दरबारस्क्वायरमा दीपावली गरेको थियो ।

त्यसैगरी मानवीय आस्था नेपालले सूर्यविनायकको पाण्डुबजारदेखि घलातेसम्म दीपावली गरेको थियो । छ लेन सडकको दायाँबायाँ, बीच सडकको बगैँचा, आकासे पुल, सडक पेटीमा समेत दीपावली गरेको छ भने अखण्ड दीप प्रज्वलन गरिएको थियो । भक्तपुरका दसाँै हजार बासिन्दा भेला भएर दीपावली गरी नाचगान गर्दै खुसियालीसाथ मनाइएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

साँझदेखि नै छ लेन सडकमध्येको तीन लेन सडक नै अवरुद्ध गरी नाचगान गरेर हर्षोल्लासका साथ संविधानको स्वागत गरेका थिए ।

यता पाँचतले मन्दिरको प्राङ्गण तौमढीमा जिल्लाका राजनीतिक दलहरुले सामूहिकरुपमा दीपावली गरे । नेपाली काँग्रेस, एमाले, एमाओवादीलगायतका विभिन्न राजनीतिक दलको आयोजनामा भव्य रुपमा दीपावली गरिएको थियो ।

मध्यपुरथिमिका बासिन्दाले थिमिस्थित शङ्खधर चोकमा दीपावली गरेका थिए ।

प्रतिक्रिया