मिलन गिताको गीति एल्वम ‘मिलन गिता’

इनेप्लिज २०७२ असोज ३ गते १३:४७ मा प्रकाशित

DSC_0572

पथरी, असोज ३
शनिबार विहान मोरङको पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । बीचमा ठूलो स्क्रिनमा म्यूजिक भिडियो शो भइरहेको थियो । यो वातावरणमा सृजना गरेका थिए अमरदह मोरङका गायक मिलन श्रेष्ठले । मिलन श्रेष्ठ र गिता गुरुङ श्रेष्ठको गीति एल्वम ‘मिलन गिता’ सम्वन्धी पत्रकारहरुसँग छलफल एवं यस एल्वमको विषयमा अन्तरक्रिया कार्यक्रम ।
धेरै समय संगीतको प्रशिक्षणमा खचिएका गायक श्रेष्ठले श्रीमती गीता गुरुङ श्रेष्ठसँग सहकार्य गर्दै पहिलो एल्बम ‘मिलन गीता श्रोतामाझ ल्याएका हुन् । उक्त एल्बममा ‘सरर बसैको झयालैमा बसौंला’,‘तिम्रो माया म धेरै गर्छु’, ‘मेरो चञ्चले जवानी फुल्नै लाग्यो’, ‘तिमी बिना जिउन गाह्रो भो’ र ‘भावनामा डुबाई डुबाई कहाँ’ बोलका गीत एल्बममा समावेश रहेका छन् । गीतमा आशुमान लामा, राजनराज शिवाकोटी र कमल खत्रीको शब्द संगीत छ । ६ वर्ष मोरङमा र ३ वर्ष काठमाडौंमै संगीत सिकेका उनलाई संगीत प्रति सानैदेखि रुची रहेको सुझाएका थिए । गायक श्रेष्ठ ‘सरर बसैको झयालैमा बसौंला’,‘तिम्रो माया म धेरै गर्छु’ र ‘तिमी बिना जिउन गाह«ो भो’ को भिडियो समेत कार्यक्रम प्रिमियर गरिएको थियो ।

2015-08-30 13.10.11
पूर्वी मोरङका पत्रकारहरुको सहभागितामा भएको समिक्षा कार्यक्रममा उनले भने–‘पहिलो एल्बमबाट एकदम सकारात्मक प्रतिक्रिया पाएको छु, म हौसिएको छु ।’ पहिलो एल्बमकै प्रमोशनलगायतमा ब्यस्त रहेको बताउने गायक श्रेष्ठ मोडलिङ र सांगितिक यात्रामा सक्रिय रहेका छन् । पहिलो एल्बम निकालेका गायक श्रेष्ठ निरन्तर रुपमा सांगितिक क्षेत्र मै सक्रिय पूर्वक लाग्ने बताएका छन् । उनले भने –‘संगीत मेरो जीवन हो, यसलाई म छोड्न सँक्दिन ।’ आगामी दिनमा श्रोताहरुले मन पराउने खालका गीतहरु बजारमा ल्याउने उनको जमर्को छ । एल्बम निकालेर लगानी सुरक्षित हुन सक्ने अवस्था अझैसम्म बन्न नसकेको उनको बुझाई छ ।

DSC_0570

प्रतिक्रिया