खगेन्द्र क्षेत्री (खगेन्द्र जि सी) द्वार उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा !

इनेप्लिज २०७२ असोज ३ गते ५:३१ मा प्रकाशित

ummerdwaari

कृष्ण के.सी अमेरिका
१९ सेप्टेम्बर २०१५

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को आगामी अक्टोबर १४-१७, २०१५ मा काठमाडौंमा हुने बिश्व शिखर सम्मेलनमा हुने निर्वाचनका लागि खगेन्द्र जि सी ले उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । न्यौयोर्क स्थित थुप्रै नेपालीहरु, पत्रकार र एनआरएनहरुका बिच आफुले निर्वाचनमा जाने घोषणा गरेका हुन ।

जि सी पेशाले कानून ब्यबसायी हुन भने एनआरएन अमेरिकाका निबर्तमान अध्यक्ष पनि हुन । जित्ने घोडा बिस्तारै र हिरोले अन्तिममा डेखाउछ भने झैं गत २०१४ मा भएको एनआरएन अमेरिकाको निर्वाचनमा पनि खगेन्द्र जि सी ले कारीब अन्त अन्त तिर आएर मात्र आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए तर भरी मतले सफलता पाए । तेही सफलताबाट हौसिएका जि सी ले उम्मेद्वारी घोषणा पछी सबैलाई सहयोग गर्न र सोनाम लामा लाई पनि उत्तर अमेरिका क्षेत्रका लागि संयोजकमा निर्बिरोध निर्बाचित गराउन पहल गर्ने कुर बतायका छन । सोनाम लामाले अब एनआरएन अमेरिका एकै ढिक्का भएर जाने छ र खगेन्द्र जि सी निश्चित रुपमा बिजयी हुने कुरा गरेका छन ।
स्मरणीय कुरा जिसीका पालामा नै एनआरएन अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको एनसिसी भएको थियो । यस अघि लामा र जि सी एकै पदमा उम्मेद्वारी हुने खबरले चिन्तित भएका अमेरिकी एनआरएनहरु अब भने धेरै खुशी र हर्शित हुँदै शुभकामना दिन थालेका छन ।

यो सबै बातावरण मिलाउनका लागि बर्तमान एनआरएन अमेरिका अध्यक्ष डा केशब पौडेल, बिष्णु मान प्रधान, राधा पौडेल, सन्जीभ श्रेष्ठ, टेम्बा शेर्पा अनि सोनाम लामा आँफै र म अाफू कृष्ण के सी को समेत लामो प्रयास थियो ।

प्रतिक्रिया