चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु विश्वभरका साहित्यकार जापानमा

इनेप्लिज २०७२ असोज २ गते ५:०४ मा प्रकाशित

टोकियो (जापान), २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् ।

टोकियोको इकेगामी खाइकानमा बिहान १० बजेबाट सुरु भएको सम्मेलनमा वरिष्ठ साहित्यकार तथा समाजका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेलसमेत सहभागी हुनुभएका छन् । उहाँहरू सम्मेलनका लागि चार दिनअघि नै जापान आउनुभएका थिए ।

यसअघि अमेरिका, बेलायत, अमेरिका हुँदै चौथो सम्मेलन जापानमा पहिलो पटक भएको हो ।

सम्मेलनमा भाग लिन अमेरिकाबाट श्रीमती चन्दादेवी सुवेदी, अस्टे«लियाबाट भीमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी र रिपेश गुप्ता, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, भुटानबाट छत्रपति फुयाँल शुक्रबार टोकियो आइपुग्नु भएका छन् ।

दुई दिवसीय सम्मेलनअन्तर्गत भोलि आइतबार सिनओकुबोमा गरिने आयोजक तथा कार्यक्रम संयोजक प्रकाश माइलाले जानकारी दिनुभयो । सम्मेलनमा तीन दर्जनभन्दा बढी साहित्यकार सहभागी भएका छन् ।

प्रतिक्रिया