बर्दियामा राहदानी लिने ७५ प्रतिशतले बढे

इनेप्लिज २०७२ असोज २ गते ४:२५ मा प्रकाशित

Passport_20100808084425गुलरिया (बर्दिया), २ असोज । बर्दियामा राहदानी लिने सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिनेको सङ्ख्या बढेर नौ हजार ५९४ पुगेको छ ।

यस वर्ष बर्दियाबाट राहदानी लिनेमा पाँच हजार २१४ जना छन् भने काठमाडौँबाट लिनेमा चार हजार ३८० जना छन् ।

गत वर्ष जिल्लामा तीन हजार ६०२ जनाले राहदानी लिएका थिए । बर्दिया जिल्ला प्रशासनले दिएको जानकारीअनुसार यस वर्ष विदेशी रोजगारीमा जानको लागि जिल्लामा राहदानी वितरण सङ्ख्या अत्यधिक बढेको छ ।

नेपालमा बढ्दो बेरोजगारी समस्याले गर्दा नेपालका युवा दिनहुँजसो विदेशिने क्रममा अत्यधिक मात्रमा बढ्दै गएको तथ्याङ्क छ ।

राहदानी लिने प्राय १८ देखि ३५ वर्षभित्रका युवा तुलनात्मकरुपमा बढेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कँुवरले बताउनुभयो ।

महिलाको पनि राहदानी बनाउने सङ्ख्या बढेको भन्दै उहाँले ७५ प्रतिशतले वैदेशिक रोजगारीको सिलसिलामा राहदानी बनाउने गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया