संविधान निर्माणको खुसियालीमा नेवि सङ्घको मोटरसाइकल र्‍याली

इनेप्लिज २०७२ असोज १ गते ४:३८ मा प्रकाशित

Rss_Images_1442550059074_DSC_0939काठमाडौँ, १ असोज । संविधान बहुमतका साथ पारित भएको खुसियालीमा नेपाल विद्यार्थी सङ्घले आज यहाँ मोटरसाइकल र्‍याली निकालेको छ ।

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका सिंहले र्‍यालीको उद्घाटन गर्दै कयौँ विद्यार्थीको रगत र बलिदानबाट संविधान निर्माण भएको बताउनुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी सङ्घको ठूलो भूमिका रहेको भन्दै उहाँले भन्नुभयो, “विद्यार्थीहरु लोकतन्त्रका लागि लडेकाले यो उपलब्धि हासिल भएको हो ।”

बहुमतका साथ पारित भएको संविधानबाट अब देशले विकासको फड्को मार्ने उहाँले स्पष्ट पार्नुभयो ।

Rss_Images_1442550105879_DSC_0950

नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेपाली जनताले चुनेर पठाएको संविधानसभाबाट ६५ वर्षदेखिको जनताको सपना पूरा भएको छ भन्नुभयो ।
र्‍याली प्रदर्शनीमार्गबाट सुरु भएर कालिकास्थान, कमलपोखरी, कमलादी, भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो ।

Rss_Images_1442550138755_DSC_0834

प्रतिक्रिया