गुल्मीमा एक महिनापछि अवरुद्ध विद्युत् सञ्चालन

इनेप्लिज २०७२ असोज १ गते ४:३० मा प्रकाशित

Light-गुल्मी, १ असोज । गुल्मीको वामी गाविस–१ बाट सञ्चालित अवरुद्ध दरमखोला लघुजलविद्युत् परियोजनाको कुलोको नहर निर्माणपछि आजदेखि विद्युत् सञ्चालनमा आएको छ ।

गत भदौ ४ गतेको अविरल वर्षाले परियोजनाको नहर बगाएपछि विद्युत् अवरुद्ध भएको थियो । पचासी (८५) किलोवाट क्षमता भएको विद्युत्बाट जिल्लाको वामी, मुसिकोट तथा छिमेकी जिल्ला बाग्लुङको दगातुम्डाँडा गरी तीन गाविसका करिब नौ सय घरधुरीका उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्दैैआएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।
विद्युत् सञ्चालन भएपछि विद्युत्बाट सञ्चालित सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र सञ्चारमाध्यम समेत सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया