भन्सार छलेर ल्याइएको साढे सात लाखको सामान बरामद

इनेप्लिज २०७२ असोज १ गते १:३८ मा प्रकाशित

सुरुङ्गा (झापा), १ असोज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वनियानी झापाले भन्सार छलेर भित्र्याइएका रु साढे सात लाख मूल्य बराबरको सामान बिहीबार बरामद गरेको छ ।

सो कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक वीरबहादुर राईको नेतृत्वको टोलीले सीमावर्ती क्षेत्रबाट मे १ ज २००८ नम्बरको म्याजिक भेनमा नेपालतर्फ ल्याउँदै गर्दा १८ बोरा युरिया मल र भद्रपुर–३ बाट लत्ताकपडा बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सामान बिहीबार नै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया