एनआरएनए हंगेरीको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

इनेप्लिज २०७२ भदौ ३१ गते २२:५९ मा प्रकाशित

प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हंगेरीको चौथो राष्ट्रिय महाधिवेशन सफलताका साथ सेप्टेम्बर १५ तारेखमा हंगेरीको राजधानी बुडापेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १० सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन गर्दै कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भनें पछी तोक्ने निर्णय ग-यो ।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हंगेरीको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका संयोजक अर्जुन श्रेष्ठले हार्दिक शुभकामना पठाउनु भएको थियो भनें सह-संयोजक सोम सापकोटा र रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेलको पहलमा महाधिबेशन सम्पन्न भएको थियो।

राष्ट्रिय महाधिवेशनले एनआरएनए हंगेरीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन गरेको छ। यसका साथै कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य नतोकेसम्म अध्यक्ष श्री श्रेष्ठ नै गैर आवासिय नेपाली संघको केन्द्रीय समितिसंगका सम्पर्ग व्यक्ति पनि रहनु भएको छ। महाधिवेशनमा हंगेरी स्थित विभिन्न समाजिक, राजनीतिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार सहित हंगेरीमा बसोबास गर्नु हुने नेपालीहरुको सहभागिता रहेको थियो।

महाधिबेशन सम्पन्न भए पश्च्यात यूरोप क्षेत्रका संयोजक अर्जुन श्रेष्ठ, सह-संयोजक सोम सापकोटा आइसीसीका सदस्यज्यूहरू तथा गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षज्यूहरू लगायत एनआरएनका मित्रहरूले हार्दिक बधाई दिई नयाँ कार्य समितिलाई शुभकामना पठाउनु भएको थियो।

नेपाल र हंगेरी बीच मैत्री सम्बन्ध कायम भएता पनि नेपाली कुटनैतिक संस्थाको स्थापना नभएको कारणले जर्मनी स्थित नेपाली राजदूताबास मार्फत नेपाल सरकारसंग हंगेरीको मैत्री सम्बन्ध कायम हुदै आएको छ । एनआरएनए हंगेरीको स्थापना सन २००८ मा भएको थियो।

२०१५-२०१७ निर्वाचित कार्यसमितिको अध्यक्षमा – सुरेन्द्र श्रेष्ठ ,उपाध्यक्ष – बाल मुकुन्द भण्डारी ,उपाध्यक्ष – नारायण प्रसाद भण्डारी ,महासचिव – डा. राम रोक्का ,सचिव – लेख बहादुर गुरुङ ,कोषाध्यक्ष – सुर्या दमाई महिला संयोजक – पुष्पा रुम्बा निर्वाचित भएका छन् भने सदस्यहरु शंकर भण्डारी ,याम दर्जि तथा कौशिला गुरुङ निर्वाचित भएका छन् l

प्रतिक्रिया