टोरोन्टोमा नेसास क्यानाडाको मोती जयन्ती सम्पन्न

इनेप्लिज २०७२ भदौ ३१ गते ११:५२ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानाडाले गत शनिवार साहित्यिक कार्यक्रमको आयोजना गरी १५० औं मोती जयन्ती मनाएको थियो समाजकाअध्यक्ष श्री रमेश थापाको अध्यक्षतामा सम्पन्न मोती जयन्ती कार्यक्रमको उपलक्ष्यमा गजलकविता गोष्ठीसँगै अध्यक्ष थापाको नविनतम्काव्यकृति धुनका रङ्गहरुमाथि समीक्षात्मक छलफल भएको थियो

कार्यक्रमको शुरुमा समाजका सल्लाहकार गोपीकृष्ण काफ्ले मोतीराम भट्टको जीवनीमाथि प्रकाश पार्दै वि.सं. १९२३ मा जन्मेर वि.सं. १९५३सालमा कुसे औंसीकै दिन जन्मेर कुसे औंसीकै दिन देहावसान भएका नेपाली साहित्यको गजल विधाका आदिपुरुष मोतीरामले आफ्नो ३० वर्षकोजीवनकालमा  २५ वटा पुस्तकसंगसंगै आदिकवि भानुभक्त आचार्यलाई चिन्हाएर नेपाली साहित्यको इतिकासको कोसे ढुङ्गा अझ अगाडिबढाउने कार्यमा महत्वपूर्ण योगदान दिनु भएको जानकारी गराउँदै गजलका बारेमा जानकारी गराउनु भएको थियो पहिलो चरणको मतीजयन्ती कार्यक्रममा राधिका अर्याल, गीता गौतम, सिर्जना आचार्य, अनुप न्योपाने, गोपी कृष्ण काफ्ले, कुबेर विष्ट, डा. तुलसी धरेल, रबिनथपलिया, विष्णु गौतमका साथै नेपालबाट भ्रमणमा आउनु भएका श्रदेय श्री ढुण्डीराज ओझाले आआफ्नो काव्य वाचन गर्नु भएको थियो श्रीढुण्डीराज ओझाले मोतीरामका बारेमा आफ्नो विचार राख्दै महाकवि देवकोटालाई समेत सम्झेर नेपाली साहित्यकारहरु दूरदर्शी हुनेगरेको प्रमाणदेवकोटाले उद्देश्य के लिनु, उडी छुनु चन्द्रएक भनेर अभिव्यक्त गरेको काव्यवाणीको तीन÷चार वर्षपछि निल आमस्टोन चन्द्रमामा पुगेकोउल्लेख गर्नु भयो वहाँले नेपालबाहिर नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण गर्ने नेपालीहरुप्रति आभार व्यक्त गर्नु भएको थियो

 कार्यक्रममा डा. तुलसी धरेलले समाजका बारेमा प्रकाश पार्दै क्यानाडामा २००४ देखि समाजले विभिन्न साहित्यिक कार्यक्रममो आयोजना गर्दैनेपालबाट आउनु भएका साहित्यकारहरुको सम्मान गर्दै आएको टोपी ईभेन्टका माध्यमबाट विदेशमा बसेका हामीहरुले एकदिन भए पनिनेपाली टोपी लगाएर नेपालीपनको आभाष दिदै  उपस्थिति जनाउने  टोपी ईभेन्ट कार्यक्रमको महत्वबारे जानकारी गराउनु भएको थियो डा.धरेलले टोपी ईभेन्टको छैठो श्रृङ्खला नेपाली समालोचना साहित्यका महारथी तथा वरिष्ठ साहित्यकार प्रा. .. तारानाथ शर्माको सम्मानकार्यक्रमका साथ आउदो अक्टुबर तारिखका दिन समाजले मनाउनेबारे पनि जानकारी गराउनु भएको थियो काव्य कार्यक्रममा लिलानाथपाण्डेले फत्तेमानको मीठो गजल गाएर कार्यक्रमलाईनै गजलमय बनाईदिनु भएको थियो कार्यक्रममा नेपाली समुदायबाट एनसिसिएसकाअध्यक्ष गोपाल भण्डारीले समाजको कार्यप्रति एक्यवद्धता जनाउदै एनसिसिएसले टोरोन्टो पुस्तकालयभित्र पहिलोपटक नेपाली पुस्तकालय शुरुगरेको बारे जानकारी गराउदै सबैको सहयोगका लागि अनुरोध गर्नु भएको थियो त्यस्तै एनआरएन क्यानाडाका अध्यक्ष तुलसी सापकोटालेसमाजको कार्यप्रति  एनआरएन क्यानाडाको सहयोग रहने  जनाउनु भयो IMG_3069 11836785_10153650519174700_5297382606525080564_n

समाजका महासचिव विष्णु गौतमद्वारा संचालित मोती जयन्तीको उपलक्ष्यमा समाजका अध्यक्ष श्री रमेश थापाको कृतिमाथि श्री पुष्प आचार्य डा.गोबिन्दसिंह रावतले समीक्षत्मक टिप्पणी गर्नु भएको थियो कार्यक्रममा १५ गजल ३० गीतहरुको संग्रह धुनका रङ्गहरुका स्रष्टा रमेशथापाले संगैहबाट केही गीत गजलहरु वाचन गरेर सुनाउनु भएको थियो

प्रतिक्रिया