महिला र पुरुष विभेद न्यूनीकरण सचेतना तालिम

इनेप्लिज २०७२ भदौ ३१ गते ४:३० मा प्रकाशित

रौतहट, ३१ भदौ । महिला तथा छोरीचेली भएकै कारण उनीहरुले भोग्नुपरेका विभिन्न प्रकारका विभेदलाई न्यूनीकरण गर्ने उद्देश्यले यहाँ आयोजित लैङ्गिक विभेद न्यूनीकरण सचेतना तालिम बुधबार सम्पन्न भयो ।

प्लान इन्टरनेसनल नेपाल, रौतहट तथा महिला सुरक्षा दबाब समूहको आयोजनामा सञ्चालित उक्त तालिममा स्थानीयवासी, लक्षित समुदाय तथा विपन्न परिवारका साथै लैङ्गिक हिंसा र विभेदपीडित महिला र पुरुषको सहभागिता रहेको थियो ।

समाजले छोरीलाई समान सन्तान र आधा आकाशका रुपमा बुझ्नुको सट्टा पराइघर जाने तथा बोझका रुपमा लिँदा लैङ्गिक विभेद भइरहेको अवस्थाप्रति सहभागीले चिन्ता व्यक्त गरेका थिए ।
महिला सुरक्षा दबाब समूहकी अध्यक्ष देवकी नेपालले लैङ्गिकतामा आधारित विभेदलाई जनजागरण र चेतनाको माध्यमबाट चेतना अभिवृद्धि गर्नुपर्नेेमा जोड दिनुभयो ।

प्रतिक्रिया