अस्ट्रियामा मःम र समोसा बेचेर भूकम्पपीडितलाई राहत

इनेप्लिज २०७२ भदौ ३१ गते ४:२६ मा प्रकाशित

रत्ननगर (चितवन), ३१ भदौ । अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ ।

अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई लाखभन्दा बढीको राहत सामग्री वितरण गरेको हो ।

लायन्स क्लब अफ चितवन सौराहाको व्यवस्थापनमा ‘धन्यवाद नेपाल हिल्फे’ नामको संस्थाले भूकम्पपीडितलाई राहत उपलब्ध गराएको हो । उनीहरुलगायत सहयोगीहरुले अस्ट्रियामा मःम र समोसा बेच्नका लागि उत्सव आयोजना गरेका थिए ।

नेपालमा गएको भूकम्पमा पीडित भएकाका लागि सहयोगीहरुसँग मिलेर मःम र समोसा बिक्रीबाट आएको रकमबाट भूकम्पपीडितलाई राहत दिएको मुलरले बताउनुभयो । उहाँले गाउँमा भूकम्पपीडितलाई प्रत्यक्ष भेटेर राहत सहयोग दिन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

भूकम्पपीडितलाई प्रतिपरिवार एक बोरा चामल, एक लिटर तेल, दाल, चिउरालगायत राहत सामग्री वितरण गरिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया