जाजरकोटमा कुपोषण घटाउन स्वयम्सेविकालाई प्रशिक्षण

इनेप्लिज २०७२ भदौ ३१ गते ४:२५ मा प्रकाशित

जाजरकोट, ३१ भदौ । यहाँका २० गाविसका स्वयम्सेविकालाई पोषणसम्बन्धी जीवन व्यवहार परिवर्तन गर्न दिइएको तालिम सम्पन्न भएको छ ।

गाउँघरमा पोषणयुक्त खाना प्रशस्त भए पनि सो खानालाई मिलाएर खाने सीपको अभावमा कुपोषण बढेको भन्दै २० गाविसका १८० महिला स्वायम्सेविकालाई पोषिला खाना बनाउने विधि, कुपोषण हटाउने तरिका, स्थानीयस्तरमा पाइने स्रोत सामग्रीको सही प्रयोगलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा सहभागी स्वयम्सेविकाले आ–आफ्नो गाउँघरमा गएर आफूले जानेको सीप व्यवहारमा लागू हुने गरी जानकारी गराउने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार यहाँका सात प्रतिशत बालबालिका कुपोषित रहेका छन् ।

प्रतिक्रिया