आम्दा अस्पताल दमकबाट करिब छ हजारले सुरक्षित प्रसूति सेवा

इनेप्लिज २०७२ भदौ ३१ गते २:४६ मा प्रकाशित

सुरुङ्गा (झापा), ३१ भदौ । आम्दा नेपाल (एसोसिएसन अफ नेपाल मेडिकल एक्टर्स अफ एसिया–नेपाल)ले आव ०७१/७२ मा छ हजार ४०७ जनालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत आम्दा नेपालले आव ०७१/७२ मा गत वर्षभन्दा ३४ जना बढीलाई सुरक्षित सुत्केरी सेवा प्रदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन ढकालले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आवमा छ हजार तीन सय ७३ जनाले सेवा लिएका थिए ।

अस्पतालमा हरेक वर्ष सुरक्षित सुत्केरी सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएपनि अझैं झापाका धेरैजसो महिलाले अज्ञानताका कारण घरमा नै बच्चा जन्माउने गरेको ढकालले बताउनुभयो ।

आम्दा अस्पतालबाट २०६७/०६८ मा तीन हजार ९ सय ५७ ,२०६८/०६९ मा तीन हजार तीन सय १२ र ०६९/०७० मा ५ हजार ५ सय ५१ जनाले सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया