“सिर्जनशील नेपाली समाज तीज साँझ कार्यक्रम २०७२” सम्पन्न

इनेप्लिज २०७२ भदौ ३० गते २२:२१ मा प्रकाशित

IMG_2902

नेपाली हिन्दू नारीहरुको महान पर्ब तीज धुमधाम संग मनाउने क्रममा अमेरिकाको Houston Texas मा सिर्जनशील नेपाली समाजको आयोजनामा सेप्टेम्बर १२, शनिबारको दिन भब्य तीज कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा संस्थाका अध्यक्ष उमापति भुसालको अध्यक्षता र सदस्य अनु पाण्डेयको संचालन एवं उपाध्यक्ष बिष्णु त्रिपाठीको स्वागतबाट प्रारम्भ उक्त कार्यक्रममा CNS Women Sub-Committee को तर्फबाट उपसंयोजक र संयोजक क्रमश: पुनम भुर्तेल , सुशिला आचार्य लगायत महिला सह-सचिव गीता आचार्य , कोषाध्यक्ष बालकृष्ण बानिया र सल्लाहकार गंगा शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

IMG_2879

साँझ ६:०० शुरु भएको उक्त कार्यक्रममा निकै नृत्य / गीत तथा तीजका गीतमा रमेका महिला र पुरुषहरुको छम छम नाच हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो। संस्थाको परम्परा अनुसार संस्थाका अध्यक्ष एवं कार्यक्रम सभापति उमापति भुसालले ज्येष्ठ महिला प्रेम कुमारी पाण्डेयलाई दोशल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभयो र साथै कार्यक्रम सभापतिले सहभागी तथा काममा खट्नुहुने सबैलाई धन्यबाद दिनुको साथै मन्तव्य सहित तीजको शुभकामना प्रकट गर्नुभयो ।

IMG_2903
यसका साथै हलको भाडा बापत लाग्ने रकम प्रदान गर्नु हुने संस्थाका सल्लाहकार मिन बिक्रम शाह तथा
अल्कोहल – पेयपदार्थ उपलब्ध गराउनु हुने लेखा समिति सदस्य मनोज न्यौपानेलाई धन्यवाद दिदै आभार प्रकट गर्नुभयो । नेपाली राष्ट्रिय गान र मैनबत्ति प्रजवलन बाट प्रारम्भ उक्त कार्यक्रममा प्रबिधितर्फ़ CNS स्पोर्ट्स कमिटिका पंकंज पौडेल र प्रसान्त पौडेलले योगदान पुर्याउनु भएको थियो ।

IMG_2904

तीजी सृंगारमा रमेको साँझ राति ११:०० बजेसम्म चलेको थियो। कार्यक्रममा महिला दिदि बहिनी तथा उपस्थित सबैका लागि सिर्जनशील नेपाली समाज( CNS) ले हिन्दू संस्कृति अनुसार माइती आएकी चेली लाई झैँ दर खाने व्यवस्था गरेको थियो। सुरुमा पेय पदार्थ चिसॊ नभएको गुनासो आएपनि कार्यक्रम समग्रमा भव्य भएको प्रतिक्रिया सहभागीहरुको थियो।

IMG_2932

कार्यक्रममा १२० टीकट बिक्रि भएको र ६५ बर्ष माथिका ज्येस्ठ बुवा- आमा तथा १० बर्ष मुनिका बाल-बालिका निशुल्क प्रवेश रहेको हुँदा सबै गरि झन्डै १६० नारी-पुरुषहरुको उपस्थिति रहेको जानकारी संस्थाका अध्यक्ष उमापति भुसालले गराउनु भयो।

IMG_2962

प्रतिक्रिया