बालिका बलात्कार गर्ने फरार अभियुक्त १० वर्षपछि पक्राउ

इनेप्लिज २०७२ भदौ ३० गते ३:४९ मा प्रकाशित

pakraauपाँचथर, ३० भदौ । जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।

साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ गरेको हो ।

उनीविरुद्ध २०६२ कात्तिक १३ गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले दोषी ठहर्‍याउँदै ५ वर्षको कैद सजाय सुनाएको थियो । उनलाई पुर्पक्षका लागि मङ्गलबारै जिल्ला कारागार चलान गरिएको छ ।

प्रतिक्रिया