विष सेवनबाट एक महिलाको मृत्यु

इनेप्लिज २०७२ भदौ ३० गते ३:४३ मा प्रकाशित

poisne-harekpalकालीकोट, ३० भदौ । विष सेवनबाट एक महिलाको आज बिहान यहाँ मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाही रहेकी छन् । गएराति खाना खाइसकेपछि पारिवारिक कलहका कारण विष सेवन गरेपछि उपचारका क्रममा लैजाँदै गर्दा मैनाको मृत्यु भएको हो ।

मृत्युको कारणबारे केही जानकारी नभएको र अनुसन्धान प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय स्युनाका प्रमुख जङ्गबहादुर आलेले बताउनुभयो ।

प्रतिक्रिया