नेपालीलाई सराङकोट साप्ताहिक खोज पत्रकारिता पुरस्कार

इनेप्लिज २०७२ भदौ ३० गते २:३५ मा प्रकाशित

कास्की, ३० भदौ । सराङकोट साप्ताहिक खोज पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार प्रेम नेपालीलाई प्रदान गरिएको छ ।

सराङकोट साप्ताहिकको सातौँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा नेपालीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र सराङकोट साप्तहिकका प्रकाशक÷सम्पादक यदुनाथ वञ्जारले पत्रकार नेपालीलाई रु पाँच हजार पाँच सय ५५ सहित सम्मानपत्रबाट सम्मान गर्नुभयो । नेपाली पोखराबाट अन्नपूर्णपोष्ट दैनिकमा काम गर्नुहुन्छ ।

प्रतिक्रिया