न्युयोर्कमा डा बिष्णु माया परियार सामाजीक न्याय पुरस्कारबाट सम्मानित

इनेप्लिज २०७२ भदौ २९ गते २:०४ मा प्रकाशित

12020009_10153015490625776_4119223044639354834_nअमेरिकाको न्युयोर्क राज्यमा स्थापना भएको लंग आइल्याण्ड नेपलिज सोसाइटीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज कार्यक्रममा महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता डा बिष्णु माया परियारलाई सामाजीक न्याय पुरस्कार बाट सम्मानित गरेको छ l

उनलाई महिला सशक्तिकरण सम्बन्धी तथा बालबालिकाहरुको शिक्षामा गरेको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको हो l उक्त पुरस्कार न्यु योर्कका वाणिज्यदूत का महा बाणिज्य दुत कृष्ण कुमार सुबेदी तथा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अमेरिकाका वरिस्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले प्रदान गरेका थिए l यसै गरि संस्थका अध्यक्ष दुर्गेश कार्कीले खादा ओढाई सम्मान गरेका थिए l

12027791_10153015490745776_8529461283025151798_n (1)समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी डा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l

समाजसेवी बिष्णुमाया परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् l

11038253_10153015490805776_265764754100098023_n

प्रतिक्रिया