एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न तर आर्थिक विवाद टुङ्गो लागेन ,नख्खु जेल कस्लाई चलानी गर्ने ?

इनेप्लिज २०७२ भदौ २९ गते ०:३९ मा प्रकाशित

NRN 6th AGM1_o

लन्डन भाद्र २९ । लन्डन प्लमस्टिड एसियन कम्युनिटी सेन्टरको सभाहलमा एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न भएको छ । निर्वाचनका प्रमुख डाक्टर राधब धिताल यमविइले नवनिर्वाचित कार्यसमितीलाई संस्थाको शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका विशिष्ठ अतिथी एनआरएनएका युरोप संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सोम सापकोटा, आइसीसी सल्लाहकारहरु विश्व आदर्श पण्डित ,रिटायड मेजर डमर घले, एनआरएन बेलायतका पूर्व अध्यक्षहरु कुल आचार्य, सूर्य गुरुङ, योगेन क्षेत्री, निवर्तमान अध्यक्ष महेन्द्र कंडेल लगायतले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र सहित शुभकामना दिएका थिए ।

NRN AGM2

गैर आवासीय नेपाली संघ, बेलायतको छैंठौं राष्टिय अधिवेशन विवादकै कारण सेप्टेम्बर १२ का लागि तोकिएको अधिवेशन एक पक्षले स्थगित भएको विज्ञप्ती सार्वजानिक गरेका थिए भने अर्काे पक्षले चुनावको तालिका सार्वजानिक गरेको थियो । तर अधिवेशनअघि नै दुबै पक्षबीच सहमति बनेपछि सर्वसम्मत कार्यसमिति चयन गर्दै १३ तारिखमा अधिवेशन भएको हो । विवादका कारण एनआरएन बेलायतको अधिवेशनले विभिन्न मिडिया लगायत सामाजिक संजालहरुमा निकै महत्वपूर्ण स्थान पाएको थियो । सेप्टेम्बर ५, शनिबारको सहमति अनुसार एनआरएन बेलायतको अध्यक्ष पदमा मुछेत्र गुरुङ, उपाध्यक्षहरु मस्टर राष्ट्र राई, हिराधन राई, योगकुमार फगामी र दासुराम पाण्डे साथै महिला उपाध्यक्षहरु कुमारी गुरुङ र शान्ति थापा कुँवरलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा विजयविक्रम लिङदेन, सहमहासचिव अर्जुन कटुवाल, सचिब कृष्ण तिवारी, फडिन्द्र भट्टराई र बुद्धिराम थापा, प्रवक्ता खुशीमान लिम्बु, कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपानेलाई एनआरएन बेलायतको प्रवक्ता अर्जुन कटुवालले घोषणा गरेको थियो । महिला संयोजक शुशिला राई, अन्तर्राष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरु साहित्यकार विश्वासदीप तिगेला,सुस्मा राई, एनआरएन बेलायतका पूर्व सचिब संगीता मरहट्ठा, कृष्ण तिमिल्सेना र पशुपति भण्डारी परेका छन् । कल्पना आङवुहाङलाई एनआरएन बेलायतको सल्लाहकार र च्यारेटी विभागका प्रमुख सनत गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, डा. मिन रानाभाट ,पदम विर्ख रावल,यमबहादुर घले , सुरज मास्के, मिलन गुरुङ र नारायण पौडेल गाँउले निर्वाचित भएका छन् । कार्यसमिति सहितको सर्वपक्षिय भेलाको बहुमतले रिचर्ड गुरुङलाई युवा संयोजक घोषणा गरेका छन् ।

DSC_8819[1]
एनआरएन बेलायतको पूर्व महासचिब राजकुमार त्रिपाठी र पूर्व कोषध्यक्ष दासुराम पाण्डेले सयुक्त सञ्चालन गरेको सत्रमा नेपाली दूतावासका तर्फबाट बाबुकाजी डंगोल, विशिष्ट अतिथी एनआरएनए युरोप संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सोम सापकोटा, आइसीसी सल्लाहकार मेजर रि. डमर घले, प्रवासी नेपाली मञ्च बेलायतका तर्फबाट आङकल्जङ लामा, प्रगतिशील नेपाली समाज बेलायतका रण केसी, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, भोला खनाल, विनोद ज्ञवाली, भोज गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । पूर्व महासचिब राजकुमार त्रिपाठीले अधिवेशनमा साम्यवादमा विश्वास राख्दै अधिवेशनलाई सांगठिक कार्यक्रमको प्रतिबेदन पेश गरिरहदा सम्पुर्ण उपस्थितहरुले सर्भत्र प्रसंशा गरेको अनुभूति देखिएको थियो । त्रिपाठीले एनआरएन बेलायतको आन्र्तरिक कुराहरुको प्रबचन प्रस्तुत खुलासा गरिदिदा सबै बेलायतबासीको मन छुएको थियो । अधिवेशनमा उपस्थित रहेका मान्यजन तथा सर्वसाधरणहरुको कुरा बुझ्दा एनआरएन बेलायतमा उँहालाई सगै राखेर गएको भए एनआरएन बेलायतले उर्जा पाउने कानेखुशी गरिरहेको सुराकीले पनि जानकारी दिएका थिए । जे भए पनि यो विवादित संस्थामा त्रिपाटीले हुनै नसक्ने अवश्थाको अधिवेशनलाईे सफलतापुर्वक सम्पन्न गराउन ठुलो भूमिका निर्भाह गरेको देखियो अन्यथा बेलायतको भुमरीमा एनआरएन बेलायत जहदा कालीखोलाको दलदलेमा जागिने संम्भावनाबाट मुक्त गरिएको भन्ने बुझिन्छ तर आगमी दिनहरुले यो कतिको पुष्टि गर्छ आशा गरौ यो भनाईहरु भविष्यमा सहि र सत्य बनोस ।
महेन्द्र कंडलको अध्यक्षतामा भएको उक्त सत्रमा उपाध्यक्ष सूर्य नेम्वाङले स्वागत मन्तव्य दिएका थिए । समाजसेवि नरेश काङमाङ राईले शुभकामना दिदै अहिले सम्मका केहि अध्यक्ष तथा पदाधीकारीहरुले गोर्खा आन्दोलनलाई सफल पार्न सहयोग गछौ भन्दै विभिन्न अखबारतीर सार्वजनिक गरे तर आजको राष्ट्रिय अधिवेशनमा कुनै पनि गोर्खा संगठनहरुलाई निमन्त्रण नदिएको देख्दा काङमाङले लज्जास्पद भएको व्यतm गरेका थिए । व्यबस्थापन समितिमा ह्यारी गुरुङ, जीवन सेन, दिपक श्रेष्ठ र राजन शाहीले संयवसेवक स्वरुप सभालाई सहयोग गरेका थिए । उक्त सम्मेलनको उदघाटन सत्र सकिए पछि सारा र जेनी भट्टराईले नृत्य प्रस्तुत गरी मनोरन्जन दिएका सांस्कृतिक कार्यक्रमलाई मन्जु खरेलले संन्चालन गरेकी थिईन् भने लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल नेपाली टेलिभिजनका चरी चुच्चे मानिने च्यानल पत्रकार राजेन्द्र भट्ठले कार्यक्रम ढाकिरहेका साथै रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरिरहेका थियो ।
अधिवेशनको बन्द सत्रमा विधान संशोधन र आर्थिक प्रतिवेदन पारित गर्न होहल्ला र मतभिन्नता चलिरहेको थियो । सभाहलमा करिब ५ महिनाको मात्र आर्थिक प्रतिबेदन खुलासा हुदा हात हाला हाल सम्मको स्थिती आउनु र धेरै हिशाब किताब नमिलेको अवस्थामा एनआरएन बेलायतको अपारदर्शिता समेत छर्लङ्ग देखिएको भान भएको छ । युवा समुह बेलायतको सल्लाकार धिरज राईले अरु महिनाको आर्थिक प्रतिबेदन कता गयो कि चराले खायो भन्दै सभाहलमा उपस्थित सम्पुर्ण सर्वसाधारणहरुले समेत आर्थिक प्रतिबेदन मागे पछि तिन कार्यकालका पूर्व अध्यक्षहरुले पालैपालो आ–आफ्नो प्रतिबेदन पेश गर्ने क्रममा पूर्व अध्यक्ष कुल आर्चयले जनमासमा काम गर्ने शिलसिलामा गल्ति भयो होला भन्दै माफि मात्र मागेका छन् भने योगेन क्षेत्रीले निवर्तमान अध्यक्ष महेन्द्र कंडेलले ४३ हजार ९ सय २० पाउण्डको आम्दानी हरहिसाव नदेखाएको भन्दै सभाहलमा उपस्थितलाई विवरण दिदा एक्कासी कंडेल आक्रोशित हुदै अधिवेशन रोक्ने चेतावनी दिन अगाडी बढेका थिए । विड्म्बना उनको कार्यसमिति विघटन भइसकेको र अध्यक्ष मण्डलले जिम्मा लिइसकेको कारण उनको शक्ति प्रयोगमा रहेन् । कँडेलले भने अब म सुतेको बाघ हु आर्थिक हिनामिना गरेको ठहर भए म समाजको अगाडी नख्खु जेल जान तयार छु । बेलायत जस्तो प्रजातान्त्रिक र स्वतन्त्र मुलुकमा पनि नेपालको फ्यारे गुण्डाले जस्तो बोल्दा बोल्दै माइक खोसिदिए पछि सभाहल तातिएको वातावरणलाई युवा समुह बेलायत र ड्रागन व्याइजले नियन्त्रणमा लिएको थियो । अन्तिममा कंडेलले हिनामिना गरेको भनिएको उक्त रकम र आक्षेपलाई वेवास्ता गर्दै प्रतिवेदन पारितमा स्विकार नगरेको विभिन्न संगठन र जातिय संस्था किराँत याक्थुक चुम्लुङ्गका अध्यक्ष काजीमान याक्सोले समेत तुरुन्त सभाहलमा अध्यक्ष मण्डललाई उजुरी गरेका थिए । नयाँ अध्यक्ष गुरुङको लिखित प्रतिवद्धता अनुरुप एनआरएन बेलायतमा भएको आर्थिक हिनामिना तत्काल छानविन समिती गठन गरी छानविन गर्ने प्रतिवद्धता बेलायत समुदायले सुनेपछि ढुक्क भएका छन् । संस्थाका पदाधीकारी दोषी ठहरीएमा कठघरामा उभ्याउने समाजले माग राख्दै गुरुङलाई शुभकामना दिएका थिए । गुरुङको कठालोमा कति समुदायको मायाको शतिm छ त्यो हेर्न बेलायत समुदाय तयार छन् उनि कडेलका घनिष्ट मित्रता भन्ने सुराकीले जानकारी समेत खुलासा गरेका छन ।

DSC_8807[1]
अन्र्तराष्टिय समन्वय परिषदका सदस्यहरु घोषणा गर्ने क्रममा राजकुमार त्रिपाटी, जय प्रकाश गुरुङ,सुर्य नेम्बाङ लाई सिफरिस गरिएको थियो । यदि त्यो सहमति षढयन्त्र भई पालना नभए एनआरएन बेलायत फेरी बर्बादीको संघारमा लम्किने सुराकीले जनाएको छ । सुराकीको अनुशार सुर्य नेम्बाङको नेतृत्वमा आन्दोलनमा उत्रिने बताएको छ ।

प्रतिक्रिया