म्याग्दी, २८ भदौ । म्याग्दीको विममा ट्र्याक्टरबाट खसेर हिजो एक बालकको मृत्यु भएको छ ।
दरबाङबाट विमतर्फ जाँदै गरेको ट्र्याक्टरको ढालाबाट खसेर विमका ११ वर्षीय निराजन जुग्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार साँझ किसानी उच्च माविको सिमेन्ट बोकेर जाँदै गरेको ग१त २८७७ नम्बरको ट्र्याक्टरमा सवार बालक खसेर घाइते भएका थिए । जुग्जालीको उपचारका लागि जिल्ला अस्पताल बेनीमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया