बिषको पुरिया देख्यौ ?

इनेप्लिज २०७२ भदौ २७ गते २२:२५ मा प्रकाशित

unnamed4

दख्खिन फर्क्यो सिरिया देख्यौ

जिउदै जलाए किरिया देख्यौ

न कोहि सक्छन केहि गर्न
जनता सब मुर्मुरिया देख्यौ

होला कि केहि भन्दै कुर्दा
आमाको छाती चिरिया देख्यौ

जातीय द्वन्द छ व्याप्त अहंकार
बाहिरि घुसपैठ छिरिया देख्यौ

बाटी रहेछन बाटी रहन्छन
फूटको डोरी खिरिया देख्यौ

हरपल सोध्छिन अब के हुन्छ
उत्तर खोज्ने पिरिया देख्यौ

कलियुग साच्चै लागेछ क्यारे
गाँसमा बिषको पुरिया देख्यौ

प्रतिक्रिया