पदमपुरमा निशुल्क झुल वितरण

इनेप्लिज २०७२ भदौ २७ गते १५:१३ मा प्रकाशित

5रत्ननगर,२७ भदौ

पूर्वी चितवनको पदमपुर–८ मिलनचोकमा आज आइतवार निशुल्क झुल वितरण गरिएकोछ । सेवा अहिले नेपाल काठमाडौंको सहयोगमा सुकुम्वासीबस्तीका ३ सय घर परिवारलाई लामखुट्टे बाट बच्नको लागि झुल वितरण गरिएको संस्थाका अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । कार्यक्रममा बक्ताहरुले सुकुम्वासी बस्तीमा विभिन्न समस्याहरु रहेको बताउदै ती बस्तीमा सबै क्षेत्रबाट यथाशीघ्र सहयोग हुन जरुरी रहेको बताएका थिए ।

6

कार्यक्रममा पदमपुर गाविस सचिव रमा आचार्य,सेवा अहिले नेपालका अध्यक्ष अर्जुन ढकाल,सदस्य शोभा ढकाल,रेविका ढकाल तामाङ,चितवन कोअडिनेटर इश्वर कुमार श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए । संस्थाले सोही स्थानमा दुई हप्ता अगाडि दुई सय वटा झुल वितरण गरेकोमा झुलको माग बढी भएको थाहापाई पुन झुल वितरण गरेको जिल्ला कोअडिनेटर श्रेष्ठले बताए । सोही संस्थाले हिजो धादिङको घाटबेसी वडा नंं ४ चेपाङ बस्तीका ५० घर परिवारलाई दिउसोको खाजा र विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गरेको थियो । सेवा अहिले नेपाल काठमाडौले यस अघि विभिन्न विपन्न बस्तीमा रहेका विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी,खाजा,पोसाक,जाडोमा लगाउने कपडा र भूकम्पपिडितहरुलाई पनि खाद्यान्न वितरण गरेको थियो ।

3

प्रतिक्रिया