दुग्ध परिकारको मूल्य १० प्रतिशतले वृद्धि

इनेप्लिज २०७२ भदौ २७ गते ४:०७ मा प्रकाशित

dud  butwalइलाम, २७ भदौ । इलाम दुग्ध उत्पादक सहकारी संस्थाले दूधबाट बनाइएका विभिन्न परिकारको मूल्यमा १० प्रतिशतले वृद्धि गरेको छ ।

संस्थाबाट उत्पादन गरिने बम्बैसन, कुराउनी, पेडा, घिउ, ललिपप र मिल्क केकको मूल्यमा आजदेखि वृद्धि गरिएको संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले जानकारी दिनुभयो । बढ्दो महँगीलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको जनाइएको छ ।

किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको उक्त संस्थाले किसानबाट प्रतिलि रु ४५ दरले खरिद गरेर प्रतिलिटर रु ५० मा बिक्री गर्न थालेको छ । साङरूम्बा, शान्तिडाँडा र इलाम नगरक्षेत्रका २२७ किसानले संस्थामा दूध बिक्री गरिरहेका छन् ।

हाल संस्थामा दैनिक छ सय लि दूध सङ्कलन हुँदै आए पनि सुख्खा मौसममा भने मागअनुसार धान्न नसकिने अवस्था आउने गरेको शिवाकोटी बताउनुहुन्छ । चालु आवदेखि नै पशुपालन गर्न चाहनेलाई १५ प्रतिशत ब्याजदरमा धितो राखेर रु दुई लाखसम्म ऋण दिइने संस्थाले जनाएको छ ।

प्रतिक्रिया