अस्पतालमा अक्सिजन, डिजेल र औषधिको अभाव

इनेप्लिज २०७२ भदौ २७ गते ३:३१ मा प्रकाशित

Oxygen-Cylindersसप्तरी, २७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीसहित तराईमा लगातार बन्द जारी राखेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन अभाव भएको छ ।

अहिले गर्मीको समयमा अस्पतालमा दैनिक बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा समस्या भएको अस्पतालका सिनियर अहेव डा लालकिशोर सिंहले बताउनुभयो । अस्पतालमा बत्ती गएको बेला दैनिक रुपमा जेनेरेटर चलाउनुु परेकाले अस्पतालमा डिजेलको पनि अभाव भएको उहाँले बताउनुभयो ।

अस्पतालमा औषधि र कुकुरको टोकाइबाट आउने बिरामीलाई दिइने एआरभि एन्टी रेबिज भ्याक्सिनको समेत अभाव भएको छ । जिल्लाकै एक मात्र सरकारी अस्पतालका रुपमा रहेको सो अस्पतालमा दैनिक १० देखि १५ जना कुकुरको टोकाइका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । भ्याक्सिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया