श्रमदानबाट कृषि सडक सञ्चालन

इनेप्लिज २०७२ भदौ २७ गते ३:२१ मा प्रकाशित

सल्यान २७, भदौ । सिद्धेश्वरी गाविसका बासिन्दाले ३ किमी मोटरबाटो मर्मत गरी सञ्चालनमा ल्याएका छन् ।

वर्षात्ले विभिन्न स्थानमा सडकमा पहिरो खसेपछि अवरुद्ध ग्रामीण सडक स्थानीयवासीको सक्रियतामा मर्मत भई सञ्चालनमा आएको हो । सिद्धेश्वरीको ढोरचौरदेखि गुरदासेसम्मको सडक अवरुद्ध भए पनि कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गर्न समस्या पर्दैै आइरहेको थियो । सडक मर्मत भई यातायातका साधन सञ्चालनमा आएपछि सजिलो भएको स्थानीयवासी जितबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

सडक सञ्चालन भएपछि सिद्धेश्वरी, चाँँदेकरेन्जी र मर्मपरिकाँडा गाविसका बासिन्दालाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ ।

प्रतिक्रिया