अमेरिकामै हुर्किएका नया पुस्ता र नेपालमा हुर्किएको पुरानो पुस्ताका बिचको बुझाईको-समस्या:

इनेप्लिज २०७२ भदौ २६ गते २१:३४ मा प्रकाशित

sunil profileएउटा अति बिकसित, खुल्ला प्रजातान्त्रीक र अपार अवसर भएको अमेरिकि भुमिमा बसोबास गर्ने अधिक नेपाली आप्रबाशीहरु आफु र आफ्नासन्तान बिच हुने फरक किसिमको बुझाईको समस्याबाट पीडित हुन थालेका छन। यी दुई पुस्ता बिचको बुझाईमा भिन्नता आउनुको कारणगहन छ। तथापी, बिबिध सामाजिक भेटघाट तथा छलफलका आधारमा यसलाई निम्न अनुसार कोट्याउने प्रयास गर्दैछु ।

१) शिक्षाको गुणस्तरअध्ययनको भिन्नता:

हामी आप्रबाशी पुराना पुस्ता नेपालीहरु कमैले अमेरिकाको शिक्षा लिएका छौ भने अधिकास हाम्रा नया पुस्ता सन्तानले यस मुलुकमा नै शिक्षालिएका छन । यी दुइ पुस्ता बिच दैनिक बोलिचाली लगायत नैतिक्, ब्यबहारिक र सामाजिक शिक्षाको बुझाईमा भिन्नता पाईन्छ । पहिलोपुस्तालाई अध्ययनको अभाबका कारण भाषागत समस्या, यस मुलुकको आर्थीक्, सामाजिक, राजनैतिक र कानुनी ब्यबस्थाका बारेमा कमै अनुभबछ। यसको बिपरित अमेरिकामै हुर्किएका हाम्रा सन्तान जस्ले यस देशमा अध्ययन गर्दैछन वा गरी सकेका छन, उनीहरुले अधिक जानकारी पाएकाहुन्छन र यसैलाई आफ्नो मार्ग दर्शणका रुपमा ग्रहण गर्दछन। यीनीहरुले पाएको शिक्षाको गुणस्तर र हामीले ग्रह्ण गरेको शिक्षाको गुणस्तरमा धेरैठुलो भिन्नता छ।अत:पहिलो पुस्ताले अमेरिकि रहन सहन्, रितीरिवाज, यसको भुगोल , राजनिती र कानुनी ब्यबस्थाका बारेमा आफुलाई सचेतबनाउनु आवस्यक छ ।

२) समय सापेक्ष परिवर्तन गर्न नसक्नु:

कुनै पनि मुलुकको बिकास हुनुको मतलब नै समाजको पनि बिकासक्रम अघी बढ्नु हो । यौटा बिकशित मुलुकमा बसोबास गरे पछी त्योमुलुककोबिकासक्रमलाई पहिचान गरी समयानुकुल हुने गरी आफु लाई परिस्कृत गर्न सक्नु पर्ने हो । तर, पुराना पुस्ताले आफ्नो परम्परागत सोच रधारणालाई त्यागी समय सापेक्ष आफु लाई परिवर्तन गर्न नसकेको देखिन्छ भने नया पुस्ताले यस आधुनिक बिकासक्रमलाई पछ्याउदै भबिस्यनिर्माणमा अग्रसर भएको पाईन्छ । आधुनिकीकरणमा आफुलाई अग्रसर बनाउनु गलत हैन तर् यसमा समाहित हुने वा गरिने आफ्नो तौर तरिकार बिधी सही हुनु पर्दछ ।

३) जीवनमा धन नै सर्वस्व हो भन्ने गलत सोच: 

कामको चटारो र घन्टाको हिसाबको पछि लाग्दा लाग्दै हामी सामाजिक तथा पारिवारिक दायित्व पूरा गर्न बिर्सन्छौ। जीवनमा धन नै सर्वस्व हो रयसलाई पुस्तौ सम्म पुग्ने गरी जम्मा गरी सक्नु पर्छ भन्ने ठान्दछौ । यही सोचका कारण अहिलेको आप्राबाशी नेपाली समाज र तीनका नयाँ पुस्तास्वार्थी, धनलोलुप (money minded) र अब्यबहारिक बन्दै गएको महसुस हुन थालेको छ । पैसा कमाउन कै लागी आवस्यकता भन्दा बढी घण्टाबजाउन चाहना राख्नाले नेपाली समाजले आयोजना गर्ने सामाजिक कार्यक्रममा जान नभ्याउनु, घुम्ने फिर्ने समय नहुनु, एक आपसमा घुलमेलहुन नसक्नु आदीले गर्दा छोराछोरी लाई सिकाउने र आफु पनि सिक्ने कुरा बाट सदैब टाढा भएको पाईन्छ ।

नया पुस्ता अठार बर्षमा कानुनत बयस्क हुने भएकाले बाउ आमा सँग बस्न बाध्य नहुने र काम गरी कमाइ खान सक्ने भएकोले पैसा कमाउने रफर्माइश गर्ने चाहना राख्द्छन। यस प्रकार पहिलो पुस्ताको सिकोबाट पैसा नै सबकुछ हो भन्ने सोच बनाई पढन छोड्ने, माथिल्लो पुस्तालाई तल्लोपुस्ताले बेवास्ता गर्ने परिपाटीको विकास हुँदै जानु चिन्ताको बिषय हो । तसर्थ, समयमै यस प्रति दुबै पुस्ता  सचेत भएर हाम्रा सामाजिक संरचना,मूल्य, मान्यता तथा सामाजिक मर्यादा र माथिल्लो पुस्ताप्रति तल्लो पुस्ताले निर्वाह गर्नुपर्ने दायित्वबारे शिक्षित गर्न सक्नु पर्छ ।

४) आचरण अनुशासनको शिक्षामा ध्यान नजानु:

हामी धन आर्जनका लागि चौबिसै घन्टा बजाउन तयार हुन्छउ तर पारिवारिक दायित्व बुझाउन, पारिवारिक संस्कार र संस्कृति, सामाजिककर्तब्य सिकाउन अलिकति समय निकाल्न पटक्कै मन गर्दैनौ । बिदेशी भुमीमा व्यापार, व्यवसाय र जागिरका लागि सघर्ष गर्दा गर्दै परिवार रछोराछोरीलाई समय दिन नै भ्याउँदैनौँ अनि हाम्रा सन्तानलाई हेरचाह गर्न बेबी सिटरको जिम्मा लगाउँछौँ ।

बेबी सिटर नेपाली मुलको नै पाइएला भन्ने छैन, उपलब्ध जो कोही पनि हुन सक्छन । बेबी सिटर वा केयर टेकर सस्थाले हाम्रा सन्तानको रेखदेखगरेता पनि हाम्रो नेपाली मात्रु संस्कार सिकाउँदैन, सामाजिक उत्तरदायित्वका बारेमा बुझाउदैन। यसरी बाबु आमाको प्रत्यक्ष रेखदेख तथाआत्मियताबाट छोराछोरी टाढा हुन जान्छन । केटाकेटीको मानसिक तथा शारीरिक विकास प्रक्रिया फरक किसिमको हुन्छ भन्ने मनोवैज्ञानिकतथ्यलाई सम्पती र बिलासिताको मन्त्र मात्र जप्ने अहिलेको नेपाली अमेरिकन समाजले मनन गर्नु आवस्यक भैसकेको छ । ।

५) बाल्यकालिन नैतिक शिक्षा र सस्कारमा लापर्वाही:

सुन्दर भविष्य र समृद्ध जीवनको नाममा हाम्रा यी कलीला छोराछोरीको मस्तिष्कमा सम्पती कमाउन र बचन गर्न मात्र सिकाउँछौँ तर कहिल्यै सेवामुलक कार्यमा खर्च गर्न तथा सहयोग गर्न सिकाउँदैनौँ । दुखि, गरीब र बृद्दको पीडामा मलम लगाउन प्रेरित गर्दैनौँ । म समाजको एक अङग हु रयस समाजले भोग्नु परेको दुख र पिडा मेरो पनि हो र मैले समाजलाई माथी उठाउन कोसिस गर्नुपर्छ भन्ने भाव भित्रै देखी जगाउन हामिले कहिल्यैअग्रसर भएनौँ! हामी नै हाम्रा नया पुस्तालाई मतलबी बनाइरहेका छौँ, स्वार्थी र लोभी बन्न प्रेरित गरिरहेका छौँ । हामी अमेरिकामा बसोबास गर्नेपुरानो पुस्ताले अमेरिकामा हुर्केका आफ्ना सन्तानकालागी घरेलु नैतिक शिक्षा र सस्कार प्रदान गर्नु पर्ने आफ्नो जिम्मेवारी पुरा गर्न बाट चुक्दैछौ ।

अमेरिका स्थित नेपाली समाजमा यही क्रम मौलाउदै जाने हो भने यसले हाम्रो मात्रु भाषा, मौलिक सस्कार , आफ्ना मुल्य र मान्यता बिस्तारै बिलय  हुने निश्चित छ । अत : पुरानो पुस्ता र नया पुस्ताले माथी उल्लेखित कारणहरुमा आफ्नो ध्यान पुर्याई समयमै भाबी दुर्घटना हुन बाट बचाउनु आवस्यक छ!

प्रतिक्रिया