तपाईंहरु किन बुझ्नु हुन्न
हामी रात दिन
यो बाँड – चुड र चिर – फ़ाड को खेल खेली रहेका छौँ
काट – कुट का प्रक्रिया मा कैयन समस्या झेली रहेका छौँ
तै पनि ,
हामी आफ्नो कर्तव्य निर्वाह गर्न किञ्चित पछी हट्दैनौं
तपाईं हरुलाई संविधान नदिउञ्जेल
जति पीर परेनि आफ्नो सिंहासन पटक्कै छाड्दै नौं
तपाईंहरुलाई थाहै छैन
यो देश का साथ् साथै हामी पनि परिवर्तित भएका छौँ
अग्रगामी भएर अघी सरेका छौं
हाम्रो एउटै नारा थियो
सबैले खुल्ला आकाश पाउनु पर्छ भन्ने
सो पुरा गरेरै छोड्यौं
हाम्रो एउटै लक्ष्य थियो
कुनै जाति धर्म वर्ग वर्ण रंग – कद का आधारमा होईन बरु
सबैलाई समानुपातिक रुपमा
अक्सिजेंन प्रदान गर्ने
सो पुरा गरेरै छाड्यौँ
हाम्रो संघर्ष लाई तपाईं हरुको
चर्म – चक्षु ले देख्दैन
तर , आखिरमा गर्ने गराउने हामी नै त हौँ
किनकि हुट्टिट्याउ ले सगर पनि त छेक्दैन
अस्ति पनि सुरक्षा कर्मी ले
ज्यान गुमाएका बेला
हामी कहीं न कहीं जोड – घटाऊ मै व्यस्त थियौं
केर – मेर मै मस्त थियौं
किनकि ,
हामीलाई , केवल हामीलाई थाहा छ
यो कार्य सक्ने वित्तिकै देशमा उन्नति को ज्वार-भाटा चल्छ
यो चिड्फ़ाड्ले घरघरमा विकाशको वत्ति बल्छ
त्यस पछी कोही भोका नांगा रहने छैनन्
वेरोजगार कोही हुने छैनन्
न विद्ध्यालय को होला कहीं कुनै अभाव
जता ततै हुनेछ निशुल्क शिक्षाको प्रभाव
बिस्वस्त रहनूहोस् – हामी आश्वास्त पार्छौं
बिनासित्तिमा टाउको नदुखाउनूहोस्
………………..हामीले चाहेको गरेरै छाड्छौं
हामीले स्वर्णीम सपना देखेका छौं
तपाईंहरु पनि आँखा चिम्म गर्नोस्
हामी किन्चित कन्जुस्याईं गर्ने छैनौं
ई दुर्लभ सपना सबैलाई बाँड्ने छौँ – (निशुल्क (SHARE ) सेयर गर्नोस् )
ई सपना चान् – चून् होईनन्
साकार हुने वित्तिकै कुनै विद्यार्थी ले अर्किमिडीस को ‘थ्योरी’ जान्नु पर्ने छैन
पाणिनीको सूत्र घोक्नु पर्ने छैन
कुनै पाईथागोरस को सिद्धान्त बुझ्नु पर्ने छैन
ई त्याग र बलिदान लाई कुनै
दशरथ , गंगालाल . बलभद्र , अमरसिंह
वा पृथ्वीनरायण – सित तुलना नगरे हुन्छ
हाम्रो अडान र कार्य शैली लाई – आँखा नतरे हुन्छ
लेख्नका निम्ति हामी सित पर्याप्त समय भएन र पो
नत्र योजना त ठूलै थियो
हिमाल पहाड भाग लगाउने थियौं
चन्द्र सूर्यको अंश बन्डा गर्ने थियौं
खोला नाला पनि वर्ग विशेष का निम्ति
रंगी विरंगी बनाउने थियौं
पिछडीएका वर्ग लाई विशेष घाम – जून को व्यबस्था पो थिएन कि
पहाडको चिसो तल तराई तिर लगेर
माथी माथी गर्मी ओसार्ने योजना पो थिएन कि
तर ई सब कामका निम्ति ५/१० वर्ष को समय के नै पो हुन्छ र
त्यसर्थ धैर्य लिनूहोस् —
अबको हाम्रो योजना वेद / उपनिषद बाट
संगच्छद्द्वम् संबदध्वम
हटाउने हो
गीता बाट सर्वै भवन्तु सुखिन: भन्ने वाहियात लाई घटाउने हो
हाम्रो तथास्तु पाए पछी यस कार्यले यो समस्या
आफसे – आफ्
…वाचालम पनि बन्छ … लंघयाते गिरीम पनि हुन्छ
धैर्य त राख्नूहोस् तातै खाऊँ – जली मरौं कहाँ हुन्छ ?
केही समय दिनोस् हामीले – सोंचे अनुसारको बिहानी आऊँछ !
प्रतिक्रिया