एक साताका लागि संविधान निर्माणको प्रक्रिया रोक्न आग्रह

इनेप्लिज २०७२ भदौ २४ गते १४:११ मा प्रकाशित

Rss_Images_1441892929636_KRG-KTM-purba sancharmantri-yadavकाठमाडौँ, २४ भदौ । आन्दोलनरत मधेसी दलका विभिन्न नेताले मधेसमा परिचालित सेना फिर्ता र संविधानसभाको प्रक्रिया स्थगन गरेमा वार्ताको बातवरण बन्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सेना परिचालन फिर्ता, सम्झौता कार्यान्वयनको प्रतिबद्धता, मृतकलाई सहिद घोषणा र संविधानसभाको प्रक्रिया केही समयको लागि स्थगन गर्न नेताहरुले माग गर्नुभयो ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरीले सरकारले अहिले वार्ताका लागि उचित वातावरण बनाउन नसकेको बताउँदै सरकारले आपूmहरुको माग नसुनेपछि बाध्य भएर आफूहरु अन्तर्राष्ट्रिय संस्था गुहार्न बाध्य भएको जिकिर गर्नुभयो । फोरम (लोकतान्त्रिक)का सभासद् डा सुबोधकुमार पोखरेलले मधेसमा जारी आन्दोलनमा घुसपैठ भएकाले नेतृत्वको नियन्त्रणमा नरहेको विचार व्यक्त गर्नुभयो ।

तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले एक साताका लागि संविधान निर्माणको प्रक्रिया रोकेर वार्ता गर्न आग्रह गर्नुभयो । फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसको वास्तविकता तथा आवश्यकताबारे बुझ्न वार्ता मधेसमा बसेर गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका सचिव रत्नेश्वरलाल कायस्थले अफ्नो पार्टी संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेकाले संविधानसभा कुनै पनि हालतमा नछाड्ने बताउनुभयो ।

प्रतिक्रिया