असोज पहिलो साता संविधान

इनेप्लिज २०७२ भदौ २४ गते १३:४४ मा प्रकाशित

pradip-gyawaliसोलुुखुम्बु, २४ भदौ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले आगामी असोजको पहिलो सातामा मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ ।

एमाले सोलुखुम्बुको छैटौँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले केही साताभित्र जारी हुने संविधानमा महिला, दलित, आदिवासी जनजाति मधेसीका साथै सम्पूर्ण क्षेत्र भाषा, धर्मको अधिकार सुनिश्चित हुने छ भन्नुभयो ।

अहिले मुलुकमा संविधान जारी गर्न नदिन महिनौँदेखि मधेसमा संविधान विरोधी पक्षले आन्दोलन, आगजनीलगायत हिंसात्मक गतिविधि सञ्चालन गरिरहेकोे आरोप उहाँले लगाउनुभयो । अधिवेशनमा एक नगरपालिका र ३० गाविसबाट ३५८ प्रतिनिधि सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया