अवैध रुपमा कटिङ ढुङ्गा निकासी गर्ने नियन्त्रणमा

इनेप्लिज २०७२ भदौ २४ गते २:११ मा प्रकाशित

फलेवास (पर्वत), २४ भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतले उत्तरी क्षेत्रको माझफाँट गाविसबाट अवैध रुपमा निकासी गर्न लागेका कटिङ ढुङ्गा नियन्त्रणमा लिएको छ ।

कुस्मातर्फ ल्याइँदै गरिएको ग१त २३८२ र लु२त ८९९३ नम्बरको ट्याक्टरमा अवैध रुपमा कटिङ ढुङ्गा ल्याउँदै गर्दा प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि जिविसको कार्यालय पठाएको जनाएको छ । ट्याक्टर चालक र सवारीसाधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

त्यस्तै कुस्मा नगरपालिका–१ राजाको बगरस्थित कालीगण्डकी नदीबाट वा२ख ७५६०, ग१ख ५०२६ को टिप्पर र ध१त २७१ नम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा निकासी गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिविसको कार्यालयमा पठाएको बताएको छ ।

प्रतिक्रिया