तडकभडक बिना चाडपर्व मनाउन सन्देश दिँदै महिला

इनेप्लिज २०७२ भदौ २४ गते २:११ मा प्रकाशित

तनहुँ, २४ भदौ । न त रातो साडीमै सजिएका थिए, न त उनीहरु गरगहनामै सजिएका थिए, नत हातभरि नै चुरा नै लगाएका थिए एक दर खाने कार्यक्रममा सहभागी भएका महिला ।

चाडपर्व मनाउन तडकभडकबिना पनि सकिन्छ भन्ने सन्देश दिन क्रियाशील पत्रकार महिला तनहुँ शाखाले हालै दमौलीमा दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा जिल्लाका पत्रकार, वृद्धावृद्ध, बालबालिका एवम् महिला एकै साथ गीतको तालमा छमछमी नाच्दा एक किसिमको रौनकता थपिएको थियो । तडकभडकबिना पनि चाडपर्व मनाउन सकिन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको क्रियाशील पत्रकार महिला तनहुँकी अध्यक्ष सोनी खनियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया