एक सहायक स्वास्थ्यकर्मी कार्यालयमा नगएरै तलब पचाउँछन्

इनेप्लिज २०७२ भदौ २४ गते २:०९ मा प्रकाशित

त्रिपुराकोट (डोल्पा), २४ भदौ । डोल्पाको रिमी गाविसस्थित झ्याँकोट स्वास्थ्य चौकीमा काम गर्दै आएका एक वरिष्ठ सहायक स्वास्थ्यकर्मी अहिलेसम्म सरुवा भएको स्वास्थ्य चौकीमा गएका छैनन् ।

डोल्पाको काइगाउँ गाविसमा घर भएका निमा छिरिङ बुढा अहिलेसम्म पनि आफ्नो कार्य क्षेत्रमै नगएर तलब भत्ता पचाउने गरेका छन् । नर्कु गाविसमा रहेको स्वास्थ्य चौकीमा पाँच महिना अघि सरुवा भएका छिरिङ अहिलेसम्म पनि आफ्नो कार्यक्षेत्रमा नगएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालय प्रमुखले पाँच महिनासम्म पनि आफ्नो कार्यक्षेत्र नगएकालाई आवश्यक कारबाही नगरेकाले समस्या देखिएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया