भूकम्प प्रभावित ईंटाभट्टाका बालबालिकालाई स्टेसनरी र पोसाक वितरण

इनेप्लिज २०७२ भदौ २४ गते २:०९ मा प्रकाशित

भक्तपुर, २४ भदौ । भूकम्प प्रभावित जिल्ला र ईंट्टाभट्टामा कार्यरत मजदुरका छोराछोरीलाई बालविकास समाजले विद्यालय जाने ब्याग, स्टेसनरी सामान र पोसाक वितरण गरेको छ ।

समाजद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा भूकम्प प्रभावित जिल्लाका बालबालिका तथा ईंट्टाभट्टामा काम गर्ने बालबालिकाको पढाइलाई निरन्तरता दिन मद्दत पु¥याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

समाजले भक्तपुरका एक सय २०, काभ्रेका चार सय २९ र रामेछापका तीन सय ५१ बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरेको समाजका कार्यक्रम संयोजक युवराज रोक्काले जानकारी दिनुभयो । समाजले सेभ द चिल्ड्रेनको सहयोगमा करिब रु १० लाख बराबरको सामान हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया