नर्थ क्यारोलिनामा साहित्यिक समारोह सम्पन्न

इनेप्लिज २०७२ भदौ २३ गते १५:२१ मा प्रकाशित

DSC09472

सेप्टेम्बर ८, २०१५ (ग्रिन्सबोरो, नर्थ क्यारोलिना) – नेपलिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासिया) तथा एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका (एन्मा) को संयुक्त ११ औं सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – नर्थ क्यारोलिना च्याप्टरद्वारा आयोजित साहित्यिक समारोह आइतवार सम्पन्न भएको छ। कविता प्रतियोगिता, पुस्तक विमोचन, अभिनन्दन आदि विभिन्न कार्यक्रमहरु समावेश रहेको उक्त समारोहमा अमेरिकामा रहनु भएका वरिष्ठ नेपाली साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो। प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की तथा अनेसासका अध्यक्ष पदम विश्वकर्माद्वारा उद्घाटन गरिएको उक्त समारोहमा भर्खरै दिवंगत हुनुभएका वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा बाल र वयस्क गरि दुई भिन्दाभिन्दै कविता प्रतियोगिता संचालन गरिएको थियो। ‘महाभूकम्प २०७२’ विषय रहेको वयस्क कविता प्रतियोगिता तर्फ क्रमश: चेत भट्टराई, गोमा पराजुली र अमृता अधिकारी पहिलो, दोस्रो र तेश्रो हुनुभएको थियो भने बाल कविता तर्फ सुकृति ढुंगेल, सम्पदा आचार्य र रिया श्रेष्ठ उत्कृष्ठ भएका थिए। तीन सय डलर राशिको वयस्क तर्फको पहिलो ‘राधा-कृष्ण साहित्यिक पुरस्कार’ विगत ४ वर्षदेखि श्रीमती राधा पौडेलले उपलब्ध गराउंदै आउनुभएको छ भने २०० सय डलर राशिको दोश्रो ‘वटु-हर्क साहित्यिक पुरस्कार’ याम श्रेष्ठले उपलब्ध गराउनु भएको थियो। बाल प्रतियोगिता तर्फ जम्मा  ३०० डलर राशिको ‘हरेकृष्ण पाठक प्रतिभा पुरस्कार’ डा. विकास पाठकले उपलब्ध गराउनु भएको थियो। प्रतियोगितामा सहभागी सबै बाल रचनाकारहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। अतिथि कविहरु गोविन्द गिरि प्रेरणा, सीता पाण्डे, हेमन्त श्रेष्ठ, वासु श्रेष्ठ, ज्ञानेन्द्र गदाल, शरद निरौलाले आ-आफ्नो कविता वाचन गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धरावासी र इतिहासकार पुरुषोत्तम शमशेर विशेष अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो।

DSC09446

कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. कार्कीले नर्थ क्यारोलिनामा बसोबास गर्दै आउनु भएका विभिन्न कविहरुका करिब ५ दर्जन कविताहरु रहेको ‘देशभित्र देश बाहिर’ नामक कविता संग्रहको लोकार्पण गर्नु भएको थियो। त्यसै गरि बाल कथाहरुको संग्रह ‘नर्थ क्यरोलिनाका बाल कथाहरु’ र गीतासापकोटाको अंग्रेजीमा अनुवादित कृति ‘लिटल डार्लिंग सुनकेश्रा’ नामक गीतिकथाको विमोचन पनि उक्त अवसरमा गरिएको थियो। समारोहमा साहित्यकार नगेन्द्र न्यौपानेलाई आख्यान विधामा कलम चलाएर नेपाली साहित्यको सेवा गरे वापत अभिनन्दन गरिएको थियो। त्यसै गरि सुजाता ढुंगेललाई विगत ७-८ वर्षदेखि अनवरत रुपमा नेपाली पाठशालामा भाषा शिक्षण गरे वापत अभिनन्दन गरिएको थियो। अभिनन्दित अर्का व्यक्तित्व सुन्दर जोशीलाई उनको कृति ‘क्यासल रक कि अप्सरा’ नामक कथा संग्रहको लागि अभिनन्दन गरिएको थियो। कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि राजदुत डा.कार्कीले विदेशमा रहेर पनि स्वदेशी भाषाको उत्थानमा अनवरत रुपमा क्रियाशील सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा समारोहका सभापति तथा अनेसास-नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष मनोज प्रधानले च्याप्टरका गतिविधि माथि प्रकाश पार्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Nepali literary symposium concluded in North Carolina

September 8, 2015 (Greensboro, NC) – A symposium that featured luminary Nepali literary figures living in the United States was concluded on Sunday in North Carolina. The conference was organized by International Nepali Literary Society – NC Chapter during the 11th joint convention of Nepalese Association in Southeast America and Association of Nepalese in Midwest America. Many well-known Nepali poets recited their poems during the program. Krishna Dharabasi, Govinda Giri Prerana, Sita Pandey, Hemanta Shreshtha, Basu Shreshtha, Gyanendra Gadal, Sharad Niraula, Purushottam Shumsher were among the many poets.

Two separate poetry competitions among adults and children were also conducted during the symposium. Poetry subject for the adult competition was ‘Earthquake 2072’ whereas it was open for the children. Chet Bhattarai of North Carolina won the first prize for adult competition. The ‘Radha Krishna Literary Prize’ carrying a purse of $300 was established by Radha and Krishna Paudel and has been awarded each year since the last four years. ‘Batu-Harka Literary Prize’ was awarded to the second place winner Goma Parajuli of South Carolina. The award worth $200 was established by Yam Shrestha in memory of his parents – Batu Narayan Shrestha and Harka Narayan Shrestha of Gorakha. Amrita Adhikari from North Carolina won the third prize – $100 cash sponsored by INLS. Likewise, the ‘Hare Krishna Pathak Literary Prize’ established by Dr. Vikas Pathak was awarded to three excellent poems by school level children during the program. The high school level prize went to Sukrity Dhungel, the middle school prize went to Sampada Acharya, and the elementary school prize winner was Riya Shreshtha. Each prize carried a purse of $50 and all other children participants also received $15 gift and certificate. Chief Guest Nepali ambassador to the United States His Excellency Dr. Arjun K. Karki awarded the prizes to winners of the competition.

Three books – Desh Bhitra Desh Bahir, a joint collection of poems; North Carolina ka Bal Kathaharu, a joint collection of children story; Little Darling Sunkeshra, a ballad for children by Geeta Sapkota were also released during the program. INLS – NC Chapter also felicitated Nagendra Neupane and Sujata Dhungel for their contributions in Nepali literature and language respectively. Sundar Joshi, for his book ‘Castle Rock ki Apsara’ was also awarded a felicitation certificate during the program. The program was inaugurated by HE Dr. Arjun K. Karki and Mr. Padam Bishwokarma, president of the INLS; and chaired by INLS-NC Chapter president Manoj Pradhan

=

प्रतिक्रिया