झडपमा सभासद्सहित दश घाइते

इनेप्लिज २०७२ भदौ २३ गते १४:४० मा प्रकाशित

विराटनगर, २३ भदौ । यहाँको रोडशेष चौकमा प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सभासद् उषा यादवसहित दश व्यक्ति घाइते भएका छन् ।

सभासद् यादवसहित सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामविलास यादव, जिल्ला सचिव रक्छामी किराती, महेश्वर यादवलगायत घाइते भएको सो पार्टीका जिल्ला सदस्य जीतेन्द्र यादवले जानकारी गराउनुभएको छ ।

घाइतेहरुको विराटनगरस्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । रोडशेष चौकमा बन्दकर्ताले रिक्साको आवतजावतमा अवरोध पु¥याएपछि प्रहरीबाट हस्तक्षेप भई झडप भएको हो ।

प्रतिक्रिया