कोलोराडोमा भलिबल खेलमा कोलोराडो नेपाल युथ क्लब प्रथम

इनेप्लिज २०७२ भदौ २३ गते १३:२० मा प्रकाशित

9कोलोराडो -लेबोर डेको अवसर पारी सेप्टेम्बर ७ का दिन कोलोराडोको बोल्डरमा भलिबल खेलको आयोजना गरिएको थियो । आपसी सबभाब र मनोरन्जनलाई एक सूत्रमा उन्ने अभिप्रायका साथ समाजसेवी तथा सफल व्यवसायीको रूपमा आफूलाई स्थापित गरिसकेका पेम्बा शेर्पाले आफ्नो व्यवसायको स्थापनाको सातौ वार्षिक उत्सबको अवसर पारी आयिजित यस प्रतियोगितामा कोलोराडोका विभिन्न टिमहरुको सहभगिता रहेको थियो ।

10

७ वर्ष देखि भलिबल आयोजना गर्दै आएका पेम्बा शेर्पाको यो अभियानले कोलोराडोका युवाहरूलाई जोस र जाँगरको साथै एकतामा जोडीन पनि मद्दत पुगेको विश्वास खेलकुद प्रेमिहरुले लिएका छन् । ५ टिम उक्त कार्यक्रममा प्रतिस्पर्धामा उत्रिएका थिए भने यसपालिको बाजी चाँही कोलोराडो नेपाल युथ क्लबले मारेको थियो भने गोर्खाली टिम उपबिजयता भएको थियो । अतिनै प्रतिस्पर्धात्मक रूपमा उत्रिएका सबै टिम एकसे एक भएको दर्शकहरूले अनुभव गरेका थिए। सगरमाथको १६ पटक सफल आरोहण गरिसकेका दावा नुरु शेर्पा समावेश भएको शेर्पा हाउस गोल्डेनले तेस्रो स्थान हासिल गरेको थियो भने शेर्पा बोल्डर र गुरुङ टिमले पनि आफ्नो सशक्त खेल प्रदशन गरेका थिए ।

12

खेल हेर्न सगरमाथा ५ पटक र अन्य १०० भन्दा बडो शिखर चुमी सकेका नवाङ वान्चु शेर्पा तथा सगरमाथा,पाकिस्तानमा रहेको के टु लगयत विभिन्न शिखर आरोहण गरेकी दावा यन्जिन शेर्पा सहित धेरै खेल प्रेमीहरुको उपस्थिति थियो । ५००, ३०० र १०० को नगद पुरस्कार सहित अन्य जिन्सी सामान समेत पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पेम्बा शेर्पाले वितरण गर्नु भएको थियो भने दिवा भोजको पनि ब्यबस्था गरिएको थियो।

Winner Team

प्रतिक्रिया