नेका धनुषाको कार्यालय आगजनी गर्दा करिब ४५ लाख बराबरको क्षति

इनेप्लिज २०७२ भदौ २३ गते ४:५० मा प्रकाशित

aaglaagiजनकपुरधाम, २३ भदौ । संयुक्त मधेसी मोर्चाद्वारा मङ्गलबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गर्दा करिब ४५ लाख बराबरको क्षति भएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आयोजित पत्रकारसम्मेलनमा आगजनीका कारण पार्टी कार्यालयका भवन तथा कार्यालयमा रहेका फर्निचर दराज, फ्याक्स, कम्प्युटर लगायतका महत्वपूर्ण सामान पूर्ण रुपमा जलेर ध्वस्त भएको जानकारी जिल्ला सभापति रामसरोज यादवले गराउनुभयो ।

उहाँले मधेसको मुद्दाको स्थापित गर्ने सन्दर्भमा नेपाली काँग्रेस धनुषाको नेता एवम् कार्यकर्ता आ–आफनो ठाउँबाट आफ्नो तरिकाले आन्दोलनप्रति सदाशयता र समर्थन जनाउँदै आए पनि मोर्चाद्वारा पार्टी कार्यालयमा गरिएको आगजनी निन्दनीय र अराजक भएको बताउनुभयो ।

सो अवसरमा जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण जनताको जीउधनको सुक्षामा आवश्यक ध्यान पुर्‍याउन स्थानीय प्रशासनसँग माग गरिएको छ ।

हाल लेखिने संविधानमा मधेसका जायज मागको राज्य पक्षद्वारा सम्बोधन गरी देशमा संविधानका साथै शान्ति कायम होस् माग गर्दै मधेसका मुद्दा सन्दर्भमा विगतमा भएको सम्झौताको कार्यान्वयनमा पनि विज्ञप्तिमा जोड दिइएको छ ।

प्रतिक्रिया