दाङ, २३ भदौ । जिल्ला शिक्षा कार्यालय दाङले शिक्षा दिवसका अवसरमा विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।
जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालको सभापतित्व एवम् प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थीलाई सम्मान गरी पुरस्कृत गरिएको हो ।
विसं २०७१ को एसएलसीमा जिल्ला उत्कृष्ट गोरखा इन्टरनेसनल उच्च मावि घोराहीका श्रीधर केसी र पद्मोदय पब्लिक नमुना उच्च मावि भरतपुरकी ममता शर्मालाई नगदसहित सम्मान गरिएको छ । त्यसैगरी जिल्लाका २६ शिक्षकलाई नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
प्रतिक्रिया