बेल्जियमका एनआरएन अभियन्ता अर्जुनकुमार श्रेष्ठद्वारा सचिव पदमा उम्मेदवारी

इनेप्लिज २०७२ भदौ २२ गते १७:२० मा प्रकाशित

Arjunआन्त्वेरपेन, बेल्जियम, २२ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापनाकाल देखि क्रियाशील रहँदै आएका अगुवा गैर आवासिय अभियन्ता अर्जुनकुमार श्रेष्ठले आगामी अक्टोबरमा काठमाडौमा आयोजना हुने सातौं विश्वसम्मेलनमा संघको अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठ यस अघिको कार्यकालमा संघको अर्न्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा युरोप संयोजकमा निर्वाचित भएका थिए ।

बेल्जियममा बस्ने नेपालीहरुको सामाजिकीकरण अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएका व्यावसायी श्रेष्ठ संघ स्थापनाकाल देखि गैर आवासीय नेपालीको हितमा क्रियाशील रहँदै आएका छन् । श्रेष्ठले आफ्नो उम्मेदबारी घोषणा गर्दै भने, ‘सन् २००५ देखि संघमा आबद्ध भई सन् २००९ देखि विभिन्न पदमा रही एनआरएनको अभियानमा क्रियाशील मेरो अनुभव, क्षमता र प्रतिबद्धता गैर आवासीय अभियानमा समर्पित गर्न चाहन्छु । गैर आवासिय नेपालीहरुलाई मातृभूमिसंग जोड्न र सामाजिकीकरण अभियान संचालन गर्न संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बेला आएको छ र मेरो मुद्धा भनेको मातृभूमि महाभुकम्पबाट प्रभावित भएकाहरुलाई पुर्ननिर्माण पुर्नवास पुर्नस्थापनाका अतिरिक्त युरोप, अमेरिका र अष्ट्रेलियाका नेपालीहरुको सामाजिकीकरण अभियान पनि हो ।’

उनले थपे, ‘ नेपाली जातिको समृद्धि र पहिचानको लागि संघको अर्न्तराष्ट्रिय नेतृत्व र बृहद योजना आवश्यक छ ।’
युरोप क्षेत्रीय संयोजक समेत रहेका श्रेष्ठको उम्मेदवारीलाई संघका संस्थापक, पूर्व अध्यक्षहरु र डाएसपोराका युवाहरुको समर्थन रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया