गीतसंगीत पाराखीका लागि आयो मोबाईल एप्स

इनेप्लिज २०७२ भदौ २२ गते १७:१५ मा प्रकाशित

512काठमाडौं । गीत संगित सुन्न,चलचित्र हेर्न तथा कतिपय मनोरञ्जन मानिसले इन्टरनेट बाटै पाउन थालेको धेरै भएको छैन । अझ केहि बर्ष अघि देखि इन्टरनेट आफ्नै मोबाइलमा, अनि आफु जहाँ मनोरंजन पनि त्यहीं हुन्  थाले पछी त मानिसलाइ अरु के चाहियो र .. यस्तै मनोरंजनका लागि मोबाइल एप्स आएको छ । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ।

गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती एप्सहरु डाउनलोड हुने संख्या दिनहु बढ्दैछ । अझ मनोरंजन मात्र होइन दैनिक जीवनमा प्रयोग हुने धेरै कुराहरु नेपालिले बनाएको मोबाइल एप्स बाटै पाउन पाउन थालिएको छ ।

नेपाली गीत संगीतको बिश्व ब्यापी हुन नसकिरहेको बेला उद्धव तमाङले “नेपाली म्युजिक भिडियो” नामक एप्स बजारमा ल्याएका छन् । केहि दिन अघी मात्र गुगलको प्लेस्टोरमा लन्च भएको यो एप्स नेपाली गीत संगीत प्रति समर्पित रहेको भन्ने कुरा छोटो समय मै धेरै प्रयोगकर्ताले डाउनलोड गरे बाट प्रमाणित हुन्छ ।

तिजको अवसरमा आएको यो एप्स एक सातामै ८४८ जनालेले डाउनलोड गरेको उद्धवले बताए । नेपाली सर्जक र कलाकारलाई यो एप्सले निक्कै सहयोग पुग्ने देखिएको छ । तमाङ भन्छन : श्रष्टा र कलाकार भनेका देशका गहना हुन्, नेपालिले नेपालि गित संगीतलाइ माया गर्नु पर्छ, गीत संगीतलाई माया गरौ भन्ने भावनाबाट मैले यो एप्स बनाएको हुँ”

धेरै ओटा क्याटेगोरी समाबेस भएको एक मात्र नेपाली एप्समा २०७२ सालमा आएका नयाँ तीज गीत, चलचित्र , चलचित्रका गीत , आधुनिक गीत , लोकदोहोरी , चाड पर्ब गीत , पप गीत , लगायतका अन्य गीतहरुको फिचर्स समाबेस छन् । मन पराइएको कुनै पनि गीतलाई फेबरेट लिस्टमा राख्न मिल्ने सुबिधा पनि यसमा छ ।

प्लेस्टोरमा गएर ‘नेपाली म्युजिक भिडियो’ (Nepali Music Video) टाइप गरि सर्च गरेर डाउनलोड गर्न सकिने यो एप्स खास गरि बिश्वमा छरीएर बसेका गीत संगीत प्रेमी नेपालीका लागि बढी प्रभाबकारी हुने डेब्लोपरको भनाई छ । एप्सका प्रयोगकर्ताले दिएको सुझाब, प्रतिक्रियालाई ध्यान दिएर अन्य फिचर्स सुबिधा थप गर्दै भर्सन उपग्रेड गर्दै जाने र अझै सहज र सरल तरिकाले मोबाइल डाटा र वाई फाई इन्टरनेट मार्फत चलाउन मिल्ने बनाउदै जाने यसका निर्माता बताउछन् ।

एकातिर गीत संगीतको धेरै उत्पादन हुने तर बजार नखोज्ने चलनले नेपालि गीत संगीतमा लागेर जीवन यापन गर्न समेत समस्या भएको छ भने अर्को तिर बजारमा आइसकेका गीतहरु पनी राम्रो सँग बजार प्रबर्द्धन नहुदा स्रोता दर्शकले आफुले चाहेको गीत संगीतलाई सजीलै सुन्न र हेर्न सकीरहेका छैनन् ।

हुन त विकशीत देशहरुको तुलनामा नेपालमा इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तैपनि निकै छोटो समयमा नेपालीहरु इन्टरनेटमै सबै कामहरु गर्ने गर्दछन् त्यसमा पनि पछिल्लो समय मनोरञ्जनको लागि निक्कै इन्टरनेट नै प्रयोग गर्ने गरेको पाइन्छ ।

गायक गायिकाले नेपाल टेलिभिजनको स्टुडियोमा बसेर आफ्नो गीतमा ओठ चलाएको भिडियोलाई नेपाली म्युजिक भिडियोको नाममा प्रशारण गरिने चलन आज मन परेको बेला आफ्नो मोबाइलमा ‘नेपाली म्युजिक भिडियो’ डाउनलोड गरि सुन्ने र हेर्ने प्रचलनमा बदलिएको छ ।

#गुगल प्लेस्टोरबाट एप्स सिधै डाउनलोड गर्ने लिंक : https://play.google.com/store/apps/details?id=com.nepalimusicvideo

प्रतिक्रिया