कारागारमा कैदीबन्दीको चाप

इनेप्लिज २०७२ भदौ २२ गते ५:०२ मा प्रकाशित

jail-650x250भद्रपुर, २२ भदौ । जिल्ला कारागार झापामा क्षमताभन्दा अढाइ गुणा बढी कैदीबन्दी रहेका कारण कैदीका दिनचर्या कष्टकर बन्दै गएको छ ।

विभिन्न मुद्दामा हाल ८२६ जना कैदी कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ ।

विसं २०१९ मा निर्माण भएको यो कारागारमा ३०० कैदी अट्ने क्षमता रहे पनि जनसङ्ख्या र अपराध बढ्ने क्रमले कारागारमा कैदीको चाप बढेको कारागार प्रमुख दीपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

कारागारमा महिला ७४ र बालिका चार तथा एक बालक पनि छन् । आमासँगै रहेका यी बालबालिकालाई सुधार गृहमा राख्नु पर्ने भए पनि यसतर्फ कसैको ध्यान नजानुले कारागारमा रहेका नाबालकको मनस्थितिमा नराम्रो असर पर्ने देखिन्छ ।

कैदीका अत्यधिक चाप रहेकाले कारागारमा शौचालय र राति सुत्न कठिनाइ हुने कैदीहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले दिनको रु ४५ दिने सिधामा र दसँैमा दिने जनही रु ३०० ले हाम्रो जीवन अभाव अभावमै बितिरहेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

पुरानो भवन जीर्ण बन्दै गएको कैदीलाई सुरक्षित बनाउन सरकारले समयमै आवश्यक कदम चाल्नुपर्ने कारागार प्रशासनको भनाइ छ ।

प्रतिक्रिया