डिजेल र मट्टितेलको मूल्य घट्यो
इनेप्लिज
२०७२ भदौ २० गते १४:५९ मा प्रकाशित
काठमाडौँ, २० भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य आज पुनः घटाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक/एक घटाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु एक/एक घटाइएको हो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो ।
आजदेखि डिजेल र मट्टितेलको मूल्य रु ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ ।
पेट्रोल प्रतिलिटर रु १०४ र खाना पकाउने ग्यास प्रति सिलिण्डर रु १४०० मा बिक्री मूल्य कायम हुने पनि उहाँले जानकारी दिनुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया