तेइस दिनदेखि कामकारबाही ठप्प

इनेप्लिज २०७२ भदौ २० गते ४:३२ मा प्रकाशित

Rss_Images_1440680639362_BM-Parsa Bandaसप्तरी, २० भदौ । सीमाङ्कनको विरोधमा उत्रिएको मधेसी मोर्चाको लगातार २३ दिनदेखिको बन्दले यहाँको जनजीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ ।

बन्दको २३आँै दिन आज पनि सप्तरीमा आमहडताल जारी रहेकाले यहाँ यातायातका साधन चल्न सकेका छैनन् । दैनिक उपभोग सामग्री तथा आवश्यक खाद्यान्नको अभाव हुनाका साथै सागब्जीसमेत अभाव भएको छ ।

यहाँको बजार पसलमा विभिन्न सामग्रीको अभावपछि व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर उपभोक्तालाई मर्का पर्ने किसिमको मूल्य तोकेर बिक्री वितरण गरिरहेको पाइएको छ । व्यापारीले बन्दको मौकामा प्रत्येक खाद्यान्नदेखि लिएर हरियो सागसब्जीलगायत सामानमा दोब्बरको भाउ लिइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

लगातार बन्दका कारण मोबाइलको रिचार्जसमेत पाउन नसकेको राजविराज–४ मा पसल थापेका सहेश्वर दासले बताउनुभयो । अहिले जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायत सबै ठप्प छ ।
मोर्चाका कार्यकर्ताले सदरमुकाम राजविराजबाट चल्ने सवारी साधन चल्न दिएका छैनन् भने पूर्वपश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्यानपुरलगायत ठाउँमा ढुङ्गा तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया