पाल्पाका २१ हजार सात सय १२ जनाले आयुर्वेद अस्पतालबाट सेवा लिए

इनेप्लिज २०७२ भदौ १९ गते ४:४७ मा प्रकाशित

Palpa Mapपाल्पा, १९ भदौ । जिल्ला आयुर्वेद अस्पतालबाट आव २०७१÷७२ मा २१ हजार सात सय १२ जनाले सेवा लिएका छन् । आयुर्वेद अस्पतालबाट बिरामीले सबै प्रकारका औषधि निःशुल्क पाउने भएपछि बिरामी आयुर्वेद धाउन थालेका हुन् ।

रामपुर, छहरा, वीरकोट, चिदीपानी, पालुङमैनादी लगायतका स्थानबाट आयुर्वेद केन्द्रबाट बिरामीले निःशुल्क औषधि उपचार गराउन सक्ने जिल्ला आयुर्वेद अस्पतालले जनाएको छ ।

प्रतिक्रिया