पैँतीस बोरा आलु नियन्त्रणमा

इनेप्लिज २०७२ भदौ १९ गते ४:२९ मा प्रकाशित

potatoगौशाला, १९ भदौ । आन्दोलनकारीले आज एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।

बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् । अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पुर्‍याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् ।

साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् ।

उनीहरुले विगत पाँच/६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई/तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेको थियो । आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि आज बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।

प्रतिक्रिया