सिर्जनशील कलाकार समूह पुरस्कार सुनारलाई

इनेप्लिज २०७२ भदौ १९ गते ३:०८ मा प्रकाशित

कास्की, १९ भदौ । सिर्जनशील कलाकार समूह पुरस्कार यस वर्ष युवा कलाकार थमनसिंह सुनारलाई प्रदान गरिएको छ ।

पिता सिद्धिरत्न शाक्य तथा माता सेतुलीमाया शाक्यको स्मृतिमा उहाँका छोरा विश्वरत्त शाक्य र उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कार सुनारलाई प्रदान गरिएको हो । पुरस्कारको राशि नगद सात हजार, दोसल्ला र सम्मानपत्र रहेको छ ।
नेपाली कलाको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै सुनारलाई पुरस्कृत गरिएको हो । कलाकारितामा निरन्तरता भएको तर ओझेलमा परेको ४० वर्ष ननाघेका युवा कलाकारलाई यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा राधेश्याम कायस्थले सुनारलाई नगद तथा सम्मानपत्रबाट सम्मान गर्दै पोखरालाई कलाको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष केदार पालिखेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया