​हुन्न है हुन्न भन्द्या छ !

इनेप्लिज २०७२ भदौ १९ गते २:४४ मा प्रकाशित

unnamed

 

 

 

 

 

काँक्रो चर्  चर  गरिकन चिरा पारि लाएर चांग

बाडी खाऊँ तर पनि कुनै  कोहि खोजेर  छांग

आफ्नो हो यो प्रिय रुचि दिने बस्तु हो यो भनेर

खान्छन, खाउन तर भुमि चिरा  हुन्न पार्नु गनेर

***

कसको आस्था शिखर पुरीमा कोहीको स्तूपमा होस्

त्यस्तै नौलो बिबिध रुचिको भोगको रूपमा होस्

कोहि मन्दिर भनिकन कुनै कोहि मस्जिद भनेर

जान्छन, जाउन तर भुमि चिरा हुन्न पार्नु गनेर

***

घाघ्रा चोली पटुकी र कछाड सारी कुर्था लहंगा

टाई टोपी कमिज सुरुवाल सूट लाउन महंगा

आफ्नो आफ्नो रुचि अनुरुपको बेश भूषा भनेर

लाउछन, लाउन तर भुमि चिरा हुन्न पार्नु गनेर

***

व्यक्तिव्यक्ति फरक छ बिचार काम सबको फरक होस्

माथि उठ्ने अबसर समान दृस्टी आत्मा परक होस्

बाँडी सबमा बहुमुखी प्रतिभा स्थान रोजुन भनेर

पाउछन, पाउन  तर भुमि चिरा हुन्न पार्नु गनेर

***

मातृभूमि अभय बरदान काखमा राखि दिन्छिन

हास्ने खेल्ने अबसर सबै संस्कृति थामी लिन्छिन

देउडा धीमे”सिठीनख:” भजन आफ्नोआफ्नो चिनेर

नाच्छन, नाचुन तर  भुमि  चिरा हुन्न पार्नु गनेर

***

ति के खोज्छन मटक पिंधमा छिद्र पारि फुटाली

ति के रोज्छन नयन चिमली सूर्यको स्वेत लाली

तेरो  मेरो तँ तँ र म  म को  भागबण्डा  लिने र ?

भाई भाई  मिलिजुली  बसौं   एकता नै  भनेर

 

प्रतिक्रिया