१२ सेप्टेम्बरमा सन्नीभेल जाऔं, छमछमी नाचौं र नचाऔं

इनेप्लिज २०७२ भदौ १७ गते ११:११ मा प्रकाशित

indexसन्नी सगरमाथा समाजले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यही १२ सेप्टेम्बर तारेख शनिबारका दिन विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण बे एरियाबासी दिदीबहिनी तथा दाजुभाईहरु सांस्कृतिक चाडबाड मनाउन आफ्नो जातीय र परम्परागत भेषभुषा लगाएर कार्यक्रममा उपस्थित हुने विश्वास आयोजकले लिएको छ ।

उक्त कार्यक्रमका लागि सुस्मिता सिजापतिको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा सुनिता थापा, मीना श्रेष्ठ, रिमा बास्तोला, रिता न्यौपाने, लक्ष्मी खरेल थापा, विन्दु
सापकोटा, सविता भट्टराई, मीना कार्की, रिमा महर्जन, कौसल्या त्रिपाठी, निलु काफ्ले, शिला थापा, अनु उप्रेती, सिन्धु पोखरेल, रेश्मा महर्जन, प्रिस्किला दाहाल रहनु भएको छ ।

भारा इण्डियन कजिन २५० ई जाभा सन्नीभिलेमा हुने उक्त सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि वयस्कले २० डलर, १० देखि १९ बर्षसम्मकाले १५ डलर, १० बर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बेलुका ५ बजेदेखि राती १२ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्जन लिन हुनका लागि आयोजकले बे एरियाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा आग्रह गरेको छ ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रमकी संयोजक सुस्मिता सिजापतिले पनि सम्पूर्ण बे एरियाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक आह्वान गर्नुभएको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ पूर्ण मनोरञ्जनात्मक बनाउनका लागि सम्पूर्ण तयारी भईसकेकाले कार्यक्रममा सहभागी भई छमछमी नाच्न र नचाउन आयोजकले आह्वान गरेको छ ।

प्रतिक्रिया